ताजा अपडेट »

पूर्व मुख्य सचिव तथा पूर्व राजदूत पौडेल धान रोप्न व्यस्त

विहीबार, ११ असार २०७७


गुल्मी । पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली पूर्व राजदूत लिलामणी पौडेल कृषिमा रमाएका छन् । पौडेल यतिबेला आफ्लै गृह जिल्ला गुल्मीमा छन् । पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर–५ को बम्घामा घर पर्दछ । यतिबेला असार महिना कृषकका लागि मानो रोपेर मुरी फलाउने बेला पनि हो ।

त्यसैले पनि कृषकहरु यतिबेला खेत बारीमा व्यस्त हुन्छन् । यस्तै कृषि कर्ममा रमाउँदै पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली पूर्व राजदूत लिलामणी पौडेल पनि मानो रोपेर मुरी फलाउने कृषि कर्ममा व्यस्त छन् । पौडेलले आफनै खेत घीउबेसीमा पुगेर धान रोपाइँमा काम गर्न व्यस्त छन् । पौडेलले आप्mनै खेत घीउबेसीमा पुगेर सामाजिक संजालमा खेत रोप्दै गरेको फोटो पोष्ट गर्दै ‘ग्राउण्ड जिरो घीउबेसी,गुल्मी १० मिनेटको कुल कार्य सम्पादन रोपाइँको प्रयोगात्मक परीक्षामा म आफनो क्षमता र कार्यकुशलता’ भन्दै लेखेका थिए ।

देशकै उच्च पदमा रहेर काम गरेका पौडेलले कृषि कर्मलाई उच्च प्राथमिकता दिँदै जागिरे अवधीमा गृह जिल्ला आएको बेला पनि काम गर्ने गरेको बताए । उच्च पदमा रहेरपनि कृषि क्षेत्रमा काम गर्दै गरेको देखियो नि ? भन्ने प्रश्नमा पौडेलले आफूले जागिरे अवधीमा पनि घरमा आएको बेला कृषि क्षेत्रसँग नजिक रहेर काम गरेको बताए । अहिले पनि पौडेल गृह जिल्ला गुल्मी आएको ५ हप्ता भन्दा धेरै भइसकेको छ । यो अवधिमा कृषि कर्मका कामहरु धेरै गर्दै आएको बताए । उनले आफ्नो दैनिकी कृषि क्षेत्रमै व्यत्तित गरेको बताए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै झण्डै लकडाउन अवधिमा पौडेलले विभिन्न स्थानका क्वारेन्टीनमा पुगेर अनुगमन र मनोसामाजिकम परामर्श पनि दिने गरेका थिए ।

उनले रुरु क्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाका १४ वटा क्वारेन्टीनमा पुगेर मनोसामाजिकम परामर्श अन्र्तगत डर त्रास, चिन्ता, तनावको अत्य कसरी गर्ने लगाएत महत्वपूर्ण विषयमा परामर्श पनि दिएका थिए । उनले क्वारेन्टीनमा रहेको बेला मनमा उत्पन्न हुने सबैखाले नकारात्मक क्रियाकलापले मानिसमा आत्मवल कम्जोर हुने समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले त्यसको अत्यका लागि पनि मनोसामाजिकम परामर्श दिइएको पौडेलले बताए । गृह जिल्लाको ५ हप्ता अवधि तरकारी, अगरुड, लगाएत बहुमुल्य खालका बिरुवा रोपण, कृषि सम्बन्धी बिभिन्न कामहरु गरेर समय व्यतित गरेको बताए । सरकारी सेवापछिको अवकाश प्राप्त जीवनमा रहेका पौडेलले सामाजिक कामसँगै कृषि क्षेत्रमा पनि रुची रहेको बताए