ताजा अपडेट »

विदेश छाडेर लोकल कुखुरापालनमा बालसिंह : ‘विदेशको भन्दा बढी आम्दानी’

विहीबार, ११ असार २०७७

बाँके । झण्डै लोप हुने अवस्थामा पुगेको लोकल कुखुराको माग बढ्दै गए पछि पछिल्लो समय यसको ब्यवसायीक उत्पादनमा जोड दिईएकोछ । अन्य कुखुराको तुलनामा लोकल कुखुराको मासुको स्वाद नेपालीहरुले निकै रुचाउँदा लोकल कुखुराको मासु बजारमा दोब्वर पैसा तिरेर पनि खाने गर्दछन् । विषेश गरी सुत्केरी महिलाहरुका लागि बढि प्रयोग गरिने प्रचलन रहेको छ ।
लोकल कुखुराको मागलाई हेरेर नै बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ का बालसिंह कामी बिदेशको कमाई छोडेर लोकल कुखुराको ब्यवसायीक उत्पादनमा जुटेका छन् । १४ बर्षकै उमेरमा विदेश हानिएका कामी त्यहाँ ७ बर्षसम्म गाडी चलाएर बसे ।

विदेशबाट उभो लाग्ने नदेखेपछि उनले नेपालमै आएर आमाले गरि रहेको कामलाई ब्यवसायिकता दिएको बताउछन् । आमाले सुरुमा २ सय चल्लाले सुरु गरेको लगानी अहिले लाखमा पुगेको छ । बिदेशमा भन्दा कम परिश्रममा नै धेरै कमाउन सकिने उनि बताउछन् । पछिल्लो समय आम उपभोक्ताहरुको लोकल कुखुराको मासु र अण्डाप्रति अत्याधिक माग बढ्दै गएको र उपभोक्ताहरुको यहीँ चाहना अनुरुप नै आपूmले नमूना लोकल कुखुरा फर्म दर्ता गरी ब्यवसायिक कुखुरा पालन गर्न शुरु गरेको उनले बताए ।

राम्रै तरिकाले सञ्चालन भइरहेको ब्यवसाय भने पछिल्लो समय बन्दाबन्दीको कारण ठप्प रहेको छ । परिवारका सबै जना सँगै बसेर रमाउने भनेर विदेशमा रहेका छोरालाई बोलाएर स्थानीय जातको कुखुरा पालनमा लागेकी पदमकला अहिले कुखुरा नबिकेर मारमा परेकी छिन् । बन्दाबन्दी अगाडीसम्म नहुर्किदै बिक्रि हुने गरेका कुखुरा अहिले बिक्न छोडेका छन् । गाभरमै रहेको होमस्टेलाई लक्षित गरि पालन गरिएको कुखुरा अहिले सबै तिर बन्द रहेको कारण बिक्न छोडेका छन् ।

दलित समुदायकी पदमकलाको परिवार नै कुखुरा पालनमा आश्रित रहेको कारण अहिले उनलाई अप्ठ्यारो परेको छ । एकातिर कुखुरा बिक्रि नहुँदा परिवारै पाल्न समस्या भएको छ भने अर्कोतर्फ कुखुरालाई खुवाउने दाना समेत छैन । दाना सकिए पनि उनले कुखुरालाई हरियो मकै खुवाएकी थिईन । तर त्यो उनको लागी झन घातक भयो । हरियो मकैका दान खाएपछि करिब ३ सय कुखुरा सोही दिन मरेपछि उनलाई थप आर्थिक नोक्सानी भएको छ ।

कुखुरालाई दाना दिँदै बालसिंहका आमा

घर पछाडी रहेको खोरमा उनले करिब १५ सय लोकल कुखुरा, खडकनाथ जातको कुखुरा र केही हाँस पालेकी छिन् । छोरा बालसिंह कामी ८ बर्ष विदेश बसेपछि उनले छोरालाई आफूसँगै बस्नेगरि गाउँमै बोलाएकी थिईन् । आँखा अगाडी नै छोरा हुने गरि कुखुरा पालनको ब्यवसाय गरेकी पदमकलाका दिन राम्रो हुदै गइरहेको थियो । जिउँदो कुखुरा किलो कै ६ सय देखी ७ सय रुपैयाँसम्ममा घरबाट नै बिक्रि हुन्थे । यसले उनको परिवार पाल्न त सहज थियो नै पक्षघातकी रोगी स्वयम् पदकमकलाको उपचारमा पनि सघाउ पुगेको थियो ।

बजारमा लोकल कुखुराको माग राम्रै रहेको कारण यो ब्यवसायमा हात हालेकी पदमकला विश्वकर्मा अझै पनि आशावादी छिन् । अब बन्दाबन्दी सकिदै छ, छेउमै रहेको घरबास (होमस्टे)मा बिस्तारै पाहुँना आउन थालेका छन् । उनको खोरमा उनको आर्थिक अवश्था सपार्न सक्ने गरि अझै प्रयाप्त कुखुरा रहेको र बिस्तारै हुदै गरेको पाहुनाहरुको आगमनले उनलाई केही आस जगाएको छ ।