ताजा अपडेट »

सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक, भिसेरा रिपोर्ट आउन बाँकी

विहीबार, ११ असार २०७७

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।निधन भएको ११ दिनपछि सार्वजनिक रिपोर्टमा सुशान्तले पासो लगाएका कारण श्वास फेर्न नसकेर मृत्यु भएको देखिन्छ । पोस्टमार्टम रिपोर्ट पाँच डाक्टरले विश्लेषण गरेका थिए ।

मुम्बई प्रहरीका अनुसार अब भिसेरा रिपोर्ट आउन बाँकी छ । कुनै व्यक्तिको मृत्युपश्चात् उसको शरीरको महत्त्वपूर्ण अंग लिएर गरिने जाँचलाई भिसेरा परीक्षण भनिन्छ । सुशान्तको परिवारले हत्या भएको आशंका गर्दै आएका छन् । तर पोस्टमार्टम रिपोर्टले भने त्यस्तो देखाएको छैन।

प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसहित २३ जनासँग बयान लिइसकेको छ ।