ताजा अपडेट »

उपचाररत कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २५ पुग्यो

विहीबार, ११ असार २०७७

पोखरा । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

मृतक स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूष रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए। उनका अनुसार असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार हुँदै आएको थियो। ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ। -नेपाल समय