ताजा अपडेट »

विप्लब समूहको बन्द : बिहानैदेखि प्रभाव,विभिन्न स्थानमा बम

विहीबार, ३० फागुन २०७५

फागुन ३०,

ग्लोबल आवाज
बुटवल । विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको बुटवल लगाएत आस–पासका क्षेत्रहरुमा पनि परेको छ । एक साता अघि प्रहरीले कपिलबस्तुको शिवराज नगरपालिकामा प्रहरीले गरेको छापा हानेको र सो घटना लगाएत देशका विभिन्न ठाउँबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव बिहानैदेखि देखिएको छ ।


फागुन २३ गते भएको घटनापछि २४ गते विज्ञप्ती जारी गर्दै समूहले ३० गते बिहिबार बन्द आह्वान गरेको हो । पार्टी महासचिव बिप्लवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा कपिलवस्तु घटना सहित पार्टी केन्द्रिय सदस्य बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित कैंयौं कार्यकर्ता तथा नेतालाई प्रहरी प्रशासनले बिना कारण गिरफ्तार गरी अराजक व्यबहार गरेको भन्दै बन्द आब्हान गरेको उल्लेख गरेको छ ।

सरकारले फागुन २८ गते साँझ विप्लब नेतृत्वको समूहलाई प्रतिबन्ध गरेको घोषणा गरेपछि आज बन्द भएपनि सडकमा बन्दकर्ताका कार्यकर्ता तथा नेताहरुको भने उपस्थिति रहेको छैन । बन्द सफल बनाउन समूहले विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तुहरु राखेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बिपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको संकास्पद बस्तु इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।


यसै क्रममा बुटवलको कालिकानगरमा बिहानैदेखि देखिएको शंकास्पद बस्तु बम रहेको र उक्त बमलाई प्रहरीले डिस्पोज गरेको छ। बन्द आह्वानले बिहानैदेखि उद्योग,व्यवसाय,शैक्षिक संघसंस्था बन्द छन् भने सडकमा केही साना सवारी साधहरु मात्र चलेका छन् ।