ताजा अपडेट »

तीजको कोसेली ‘लकडाउन’ बजारमा

मंगलबार, ०९ असार २०७७

बुटवल । कोरोना रोगको कारण संसार नै त्रसित भएको अवस्थामा सोही रोगका कारण आमनागरिकमा पर्न गएको असर र बच्ने उपायहरुका सन्दर्भमा श्रीनगर फिल्मस् प्रोडक्सन प्रालि,बुटवलले तीजको कोसेली ‘लकडाउन ’बजारमा ल्याएको छ । कोरोनाले नेपाली नागरिकहरुले पाएको दुःखकष्ट,भोकभोकै सुत्न परेको मजदूरको पीडा, घरपरिवारबीच कोरोनाका कारण मनोवैज्ञानिक असर, राहतपनि नपुग, विदेशमा बसेका नेपालीहरुलाई घरमा बसेका आमा–बाबाले सम्झिएर रुँदै बसेका कथा, विहे/व्रतबन्ध रोकिएको, मलामी जान समेत डराउनु परेको र छ रछिमेकीले समेत ज्वरो, हाँछ्यू आउँदा पनि गलत नियतले हेर्ने गरेका र संसारमा ठूलो धन मान्ने चलनलाई कोरोनाले तोड्दिएको समेत गीतमा समेटिएको छ ।

भावुकमात्र छैन गीत,सन्देशमूलक छ । कोरोनाको कहरबाट मुक्ति पाउनका लागि समेत यो गीतले नयाँ सन्देश प्रवाह गरेको छ । कोरोनाबाट बच्न र यसले पार्ने नकारात्मक असरबाट जोगिन समेत गीतले सबैलाई अनुरोध गरेको छ । कोरोनाका कारण लकडाउन भएको अवस्थामा समेत बुटवलमै रेकर्डिङ्ग, स्थानीय रमणीय क्षेत्रहरुमा छायाँकन, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको सो तीज कोसेली स्वरुप लकडाउन बजारमा ल्याइ पु¥याइएको श्रीनगर फिल्मस् प्रोडक्सन प्रालिका प्रवन्ध निर्देशक मनीष पन्थले बताए । चर्चित गीतकार चिरन बरालको गीत/संगीत, लोकप्रिय गायिका प्रिया भण्डारीको श्वर, नृत्य निर्देशक लोकेन्द्र शाह र मनीष पन्थको छायाँकन, निर्देशन र सम्पादन रहेको उक्त लकडाउन तीजको उत्कृष्ट कोसेलीको रुपमा मंगलवार बजारमा आइपुगेको छ ।