ताजा अपडेट »

गजल – कतिपय मसक्क मस्किएका छन्

बुधबार, २९ फागुन २०७५

कतिपय मसक्क मस्किएका छन् निर्जीव तस्बिर हेरेर ।
अनि आफैलाई धिक्कारेका छन् अरुकै तक्दिर हेरेर ।

आफ्नो खुशीले मस्किनु पनि कहाँ छुट हुन्छ र यहाँ
साधुको भेषमा नयाँ जीवन चलाउनुछ फकिर हेरेर ।

को असल, को खराब? छुट्टिन्न हेरेर अनुहार कसैको,
खाएपछि मात्र थाहा हुन्छ स्वाद पाइदैन पनिर हेरेर ।

रामको सीतालाई हरेर लगेपछि बिचरा गिद्धहरु,
कानै गुमाएर निराश भए रावणको जन्जिर हेरेर ।

कन्दराको पत्थर फोडेर पिपल उम्रेको बिर्सेपछि,
लक्ष्य गुमाएका छन् रामराम भन्दै छेउमा भिर हेरेर । -रुपन्देही