ताजा अपडेट »

‘‘लालुमै” गीत दर्शकको मन जित्न सफल

बुधबार, २९ फागुन २०७५

फागुन २९,
काठमाडौँ । लोकप्रिय सर्जक शिव हमालको पछिल्लो गीत लालुमैले आक्रामक भ्युज बनाउदै सबैको मन मुटुमा बस्न सफल भएको छ । गीत सार्वजनिक भएको एक महिनाको अवधिमा ५० लाख भन्दा धेरै पटक युट्युबमा हेरिएको छ।

शिव हमालको लय तथा शब्द साथै सन्दीप न्यौपाने र विष्णु माझीको आवाज रहेको गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ । एक दर्जन भन्दा धेरै कलाकारहरुलाई नेपाली गित संगितमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्ने लोकदोहोरीका कुशल सर्जक शिव हमालको अत्यन्तै मार्मिक र मौलिक नयाँ गीत १३ फेब्रुवरीको दिन सार्वजनिक गरेको थियो ।
भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि खड्काले अभिनय गरेका छन् । भिडीयोमा राजेस घिमिरेको छायाँकन, पुष्पा बर्माको ड्रेस, सृष्टि थापा मगर र रोसन भुसालको मेकअप र विष्णु शर्माको सम्पादन रहेको छ ।