ताजा अपडेट »

प्रतिकूल परिस्थितिको डटेर सामना गरौं : स्रष्टा

शनिबार, ०६ असार २०७७

बुटवल । प्रश्रित प्रतिष्ठानले रचना वाचन र विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रध्यापक डा.कपिलदेव लामिछानेको अध्यक्षतामा भएको हो । ४ गते र ६ गते दुई दिन सञ्चालित कार्यक्रममा नेपाली साहित्यमा प्रश्रितको योगदान विषयक दुई दिने विचारगोष्ठी भएको हो । उक्त गोष्ठीमा सहभागिबाट नेपाली साहित्यका महारथी, महाकाव्यकार, नाटककार, संस्कृतिविद्, आयूर्वेदाचार्य, चित्रकार डा.मोदनाथ प्रश्रितको ७९ औं जन्मोत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.डा. भोलानाथ पोख्रेल, डा. शिवप्रसाद पौड्याल, अर्थविद् डा. विजय पौडेल, डा. रमेश घिमिरे, सिन्धु जलेसा, सहप्राध्यापक डिल्लीराज भट्टराई, आख्यानकार कविता पौडेल, कविराज पौडेल, पुण्यप्रसाद खरेल, गुनाखर अर्याल, रमा पौडेल, विजय सागर, हरिप्रसाद भण्डारी, रमेन्द्र कोइराला, लिला दाहाल अधिकारी, दिपक बाबू निरौला, सीता काफ्ले, रामप्रसाद अर्याल, रामेश्वर सुवेदी, यज्ञलाल सुवेदी, गङ्गा लिगल, निरा तिमिल्सिना, देवीप्रसाद न्यौपाने धीर, कृष्णप्रसाद बस्याल, सोमनाथ अर्याल, अच्युत घिमिरे, विजय खरेल, डम्बर घिमिरे, डमरु बल्लभ भण्डारी, नारायण ज्ञवाली, गङ्गा गहतराज, मन्दिरा भण्डारी, सन्ध्या क्षेत्री लगाएतले रचना वाचन गरेका थिए ।

रचना वाचन कार्यक्रममाअधिकांश रचना समकालीन जल्दाबल्दा विषयमा केन्द्रित रहेका थिए । सो अवसरमा स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्दै आम सर्वसाधारणलाई थप सचेत पार्नुपर्ने आवश्यकतामा जोड दिइएको प्रतिष्ठानका अध्यक्ष प्रध्यापक डा. लामिछानेले बताए । गोष्ठीमा मोदनाथ प्रश्रितको आख्यानकरिता शीर्षकमा कृष्णप्रसाद बस्यालको कार्यपत्र र टिप्पणी प्रा.डा. भोलानाथ पोखरेल, मोदनाथ प्रश्रितको महाकाव्यकारिता शीर्षकमा डा. नारायणप्रसाद पन्थको कार्यपत्र र टिप्पणी साहित्यकार टङ्क पन्थ, मोदनाथ प्रश्रितको नाट्यकारिता शीर्षकमा डिल्लीराज भट्टराईको कार्यपत्र र टिप्पणी वरिष्ठ साहित्यकार देवेन्द्र घिमिरे, मोदनाथ प्रश्रितका काव्यमा प्रगतिशील चिन्तन शीर्षकमा प्रा.डा. यदुनन्दन उपाध्यायको कार्यपत्र र साहित्यकार डा. शिव पौड्यालको टिप्पणी रहेको थियो ।

गोष्ठीमा प्रा.डा. हिरण्यलाल ज्ञवाली, साहित्यकार ऋषिराम भुषाल, डा. रमेश घिमिरे, विजय सागर लगाएतले संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए । कोरोनाका कारण भएको असहज परिस्थितमा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रमको सञ्चालन डा.नारायण पन्थले गरेका थिए ।