ताजा अपडेट »

विप्लव समूहमाथि सरकारको प्रतिबन्ध

मंगलबार, २८ फागुन २०७५

फागुन २८,

काठमाडौं । सरकारले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । सरकारले नेकपा विप्लव समूहलाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा नामको विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।