ताजा अपडेट »

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपालको शान्दार जीत

मंगलबार, २८ फागुन २०७५

फागुन २८,
ग्लोबल आवाज
बुटवल । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा भुटानलाई पराजित गर्दै नेपाल विजयी भएको छ । आजबाट सुरु भई विराटनगरको सहिद रंगशालामा सम्पन्न नेपाल भुटानबीचको पहिलो खेलमा नेपालले भुटानलाई ०–३ गोल गरेको हो ।

नेपालका लागि मन्जली कुमारी योन्जन, सावित्रा भण्डारी र अनिता बस्नेतले १–१ गोल गरेका हुन ।घरेलु मैदानमा खेलेको टिमले पहिलो खेलमै शसक्त प्रदर्शन गर्दै विजयी हासिल गरेको हो । खेलको पहिलो हाफमै नेपालले दुई गोल गर्न सफल भएको थियो भने अर्को हाफमा थप एक गोल गरेको हो ।

हालसम्म नेपालले भुटानसँग खेलेका सबै खेलमा जित हात पारेको छ भने कुनै पनि गोल खाएको छैन। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।

समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले चैत २ मा बंगलादेशसँग खेल्ने छ । यस प्रतियोगितामा नेपाल उपाधिको दावेदार हो ।