फागुन २८,
नेपालीहरुको चर्को आलोचना र विरोधपछि भारतीय सांसद अल्का लाम्बाले आफ्नो ट्वीट हटाएकी छन्।उनले एक ट्वीट गर्दै आफ्नो अघिल्लो ट्वीट हटाएको जानकारी गराएकी हुन्। उनले ‘प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।नेपालका चौकीदार चोर हुँदैनन् ।’ उनले लेखेकी थिइन् । उनले नेपाली समुदायको भावनामा चोट पुर्याउने मनशायले ट्वीट नगरेको बताएकी छन्।
आम आदमी पार्टीकी सांसद लाम्बाले नेपालीबारे अपमानजनक टिप्पणी गरेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले बिरोध गरेका थिए । नेपालीहरुले उनको ट्वीटमै जवाफ दिंदै बिरोध जनाएका थिए।
उनले आफ्नो पार्टीको लागि भोट माग्न नेपाली मजदुरहरुलाई जोडेर ट्वीट गरेकी थिइन्। उनले भारतमा प्रधानमन्त्री चुन्नपर्ने भएकाले चौकीदार नचुन्न आग्रह गरेकी थिइन् । ट्वीटमा उनले चौकीदार नेपालबाट ल्याउने र नेपालका चौकीदारहरु चोर नहुने समेत उल्लेख गरेकी थिइन् ।
प्रतिक्रिया