ताजा अपडेट »

साफ महिला च्याम्पियनसिप:भुटान विरुद्ध नेपालको दुई गोल

मंगलबार, २८ फागुन २०७५

फागुन २८,
ग्लोबल आवाज
बुटवल । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । विराटनगरको सहिद रंगशालामा जारी नेपाल भुटानबीचको पहिलो खेलमा नेपालले भुटान विरुद्ध दुई गोल गरेको छ । नेपालका लागि मन्जली कुमारी योन्जन र सावित्रा भण्डारीले १–१ गोल गरेका हुन ।

घरेलु मैदानमा खेलेको टिमले पहिलो खेलमै शसक्त प्रदर्शन गरिरहेको छ । खेलको पहिलो हाफमै नेपालले दुई गोल गर्न सफल भएको हो । हालसम्म नेपालले भुटानसँग खेलेका सबै खेलमा जित हात पारेको छ भने कुनै पनि गोल खाएको छैन। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।

समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले चैत २ मा बंगलादेशसँग खेल्ने छ । यस प्रतियोगितामा नेपाल उपाधिको दावेदार हो ।