फगुन २८,
केहि समय अघिदेखि मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर, जसको चर्चा उनको आगामी फिल्म ओरु अदार लव आखा भ्किम्काने सिनले इन्टरनेटमा एक प्रकारको सनसनी नै मचियो ।
इन्टरनेटमा आँखा झिम्क्याएर मानिसको मन जित्न सफल अभिनेत्री प्रिया प्रकाश वारियर निरन्तर चर्चामा छिन्। प्रिया प्रकाशको अहिलेसम्म एउटा पनि फिल्म रिलीज भएको छैन । तर उनको लोकप्रियताले भने शिखर चुमेको छ ।
ओरु अदार लवसंग सम्बधित एउटा भिडियो इन्टरनेटमा रिलिज भयो । उक्त भिडियोले प्रियालाई रातभरमा नै चर्चित बनायो । तर प्रिया त्यतिमा मात्र सिमित रहिनन् ।
उक्त नायिकाको आँखा झिम्क्याइले दर्शकहरुलाई धेरै लामो समय सम्म पनि बाधेर राख्न सफल भयो र ओरु अदार लवलाई सबैभन्दा प्रत्याशित भारतीय फिल्म पनि बनायो ।
एक अध्ययनका अनुसार, ओरु अदार लवले जोया अख्तरको अब रिलिज हुन लागेको फिल्मको भन्दा पनि बढि चर्चा पाएको छ । जोया अख्तरद्वारा निर्देशित चलचित्र ‘गली ब्वाइ’मा रणवीर सिंह र आलिया भट्टको मुख्य अभिनय रहको छ ।
यद्यपि लोकप्रियता सूची समय अनुसार परिवर्तन भइरहेका हुन्छन् । तर अहिले रणवीर र अलिया स्टाररलाई दोस्रो स्थानमा राखिएको छ। -एजेन्सी
प्रतिक्रिया