ताजा अपडेट »

‘सरकार काण्डैकाण्डमा फस्नाले जनता असन्तुष्ट’

मंगलबार, २८ फागुन २०७५

फागुन २८,

सप्तरी । पूर्वप्रधानमन्त्री भट्टराईले सरकार काण्डैकाण्डमा फस्दै गएका कारण जनता असन्तुष्ट बनेको बताए । ‘बाइडबडी काण्ड, सुनकाण्ड, एनसेल काण्ड, बुढीगण्डकी काण्डसहित काण्डैकाण्डमा सरकार फस्दै गएको छ’ भट्टराईले भने, ‘यसले मुलुकको आर्थिक विकासमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।’

मंगलबारआज राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले राउतलाई सेटिङमा रिहा गरिएको दाबी गरे । ‘छुट्टै मधेशको माग गर्ने सिके राउतलाई सरकारले सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावास हुने ?’, उनले भने ।

टीकापुरमा सुरक्षाकर्मी मारिनु दुःखद भएको तर, सो घटना राजनीतिक विद्रोह भएको उनले बताए । ‘राजनीतिक विद्रोह गर्नेलाई सोही अनुरुप व्यवहार हुनुपर्छ’ उनले भने ।