काठमाडौं । भारतमा बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै ‘परिवारवाद’को मुद्दा चर्किएको छ । योसँगै बलिउडमा ‘परिवारवाद’को पछि लाग्ने र राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्माता र कलाकारलाई दर्शकले बहिष्कार गर्न थालेका छन ।
बलिउडमा ‘परिवारवाद’ भएको भन्दै जारी विरोध शैली सामाजिक संजालमा सबैभन्दा बढी देखिएको छ । यो यो विषयमा नायिका आलिया भट्टको सबैभन्दा धेरै आलोचना भैरहेको छ ।
अहिले सामाजिक संजाल इन्स्टाग्राममा आलियालाई अनफलो गर्नेको लहर नै चलेको छ । आलियाको इन्स्टाग्राममा ४ करोड ८९ लाखको हारहारीमा फलोअर्स थिए । तर, सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले ४ करोड ८० लाखमा झरेको छ । उनलाई इन्स्टाग्राममा अनफलो गर्ने लहर नै चलेको छ ।
प्रतिक्रिया