ताजा अपडेट »

जन्ती बोकेको बस दुर्घटना , २ जनाको मृत्यु

मंगलबार, २८ फागुन २०७५

फागुन २८,

मकवानपुर । जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । अहिले उद्दारको कार्य चलिरहेको प्रहरीले जनाएकाे छ ।