मेरो ब्रम्हले नेपालका वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको नेतृत्वलाई यो अवस्थामा , राष्ट्रियता र आत्मनिर्भरताको लागि कुनैपनि हालतमा , अझ शक्तिशाली र कुटनैतिक परिपक्कता भएको बनाउन हामी सबै मिलि सहयोग गर्नुपर्छ भन्ने ठानेकोछ । यद्यपि म नेकपाको कार्यकर्ता भने होइन।नेपालमा हजारौँ समस्याका बीच नेपाल कम्यूनिष्ट पार्टीको स्पष्ट बहुमतको सरकार छ। सरकारमै रहेकाहरुले सयौँ वितण्डा र भ्रष्टाचारको नाटक नदेखाएका होइनन् । यीनका पार्टीका स्थानीय जनप्रतिनिधिहरुले पनि ठूलै अपजस पाएका छन्। कोरोना कहरमा समेत जनतालाई मार चुसेका छन्। प्रम आँफैले हिसाब माग्दा आफ्नो स्तर भुलेर बहकापमा कमेडी नगरेका पनि कहाँ हुन् र यिनले । तर, जब देशको राष्ट्रियता को प्रश्न आउँछ, देशको सार्भभौमताको कुरा आउँछ, विश्वसँग जोडिने ट्रेड लिङ्कको कुरा आउँछ तब इतिहासमा सबैभन्दा माथि यिनकै नाम लेखिइसकेको छ । (निडर रराष्ट्रवादी प्रधानमन्त्री)ओली ।
म कार्यकर्तालाई मात्र भरणपोषण गर्ने नेकपाको काम गराइको कट्टर आलोचक हुँ। म कति ठाउँमा त नेकपाको कार्यकर्ता नभएकै कारण पछि परेको छु। ब्यक्तिगत ब्यालेटको बारेमा म लेख्न चहान्न तर, नेकपाको बहुमत त्यसै आएको भने होइन । महत्वपूर्ण कुरा के हो भने, जब–जब मैले
१. अन्तर्राष्ट्रिय मैदानमा नेपालको छवि ,
२. हाम्रो भौगोलिक अवस्था र
३. बदलिँदो राजनैतिक ध्रुवीकरण र शासन पद्धति
को बारेमा लकडाउनको समयमा अध्ययन गर्ने मौका मिल्यो , मलाई लाग्न थाल्यो , हामीले यो ६४ वर्षमा कहिल्यै पनि राष्ट्रवादी नेता पाएकै रहेनछौँ। केपीओलीकोे पनि राष्ट्रवाद एमसीसी तथा अन्य टेस्टिङ्गमा अनुत्तीर्ण होला, यद्यपि नहोस् । तर,२०१७ सालदेखि नै भारतले हामीलाई गरेको थिचो–मिचोको बारेमा दुरदर्शी भएर सोँच्ने नेता को चाहिँ पायौँ त हामीले? के महाकाली सन्धिमा गरिएको पाप आँफू प्रम हुँदा सच्चाउने अवसर नदिने त यस्ता अलौकिक नेतालाई?
युवाहरु काँग्रेस , नेकपा, समाजवादी अन्य अन्य भएर बाँडिने कि भारतसँगको यो उन्मुक्तिका लागि एक पटक आँफूले समर्थन जनाउने पार्टी भन्दा माथि उठेर १ जुगमा एउटा प्रधानमन्त्रीलाई साथ दिने ? हामीले बुझेको संस्कारबाट बाहिर निस्कनु नितान्त जरुरी छ । ‘नेपालको अन्तर्राष्ट्रिय छवि भारतको हुइयाँद्वारा चित्रित गरिएकोछ । यो असाध्यै निरिह देश हो, भारतबिना नेपालका जनताले सास समेत फेर्न सक्दैनन् ।’ भारतको मेडिया रिपोर्टको आधारमा । छोरी–बेटीको सम्बन्ध छ भन्ने भारतका लिडरहरुले ’सिक्किमतर्फबाट चीनलाई सिमानाबाट दृष्टि पुर्याउन नसक्ने ठहरसँगै यिनीहरु लिम्पियाधुरातर्फबाट चीनको निगरानी गर्न त्यहाँ पुगेका हुन्’ भन्ने हल्ला समेत छ । ‘हैन, छिमेकीको जमिन हडप्दै अर्को देशको निगरानी बढाउने? सोध्नु पर्दैन , कुनै डिल बिना पेलेर बाटो बनाउने?’ यहिँ नीर हो केपि ओलि को चट्टानी अडान । यो हो अन्तर्राष्ट्रिय सत्य जुन नेपालले १८ को दशकपछि बल्ल शो गरेको छ।
यो भन्दैगर्दा कुटनीतिबाट जान सकिन्थ्यो भन्ने पनि कोहि होलान् । तर, भारतले टेबुलेसन गर्न आनाकानी गरिरहँदा नेपालको यो भन्दा कुन चाहिँ कदम उचित होला ? सरसर्ती हेर्दा नेपालको भूमि कति महत्वपूर्ण छ भन्ने कुरा आँफैमा स्पस्ट हुन्छ । यो देश प्रचण्डले भने जस्तै दुई विशाल देश बीचको डाइनामाइट हो । नेपालले चहाने हो भने दुबै देशको लगाम आफ्नो हातमा लिन सक्छ र विश्वमा भौगोलिक अवस्थाकै कारण भारतले बिगारेको अन्तर्राष्ट्रिय छवि सुधार्न सक्छ । अब म बदलिएको शासन पद्धतिले नेपाललाई कसरी फरक देश बनाएको छ भन्ने सवालमा स्पस्ट पार्न चहान्छु। बदलिँदो राजनीतिक ध्रुवीकरण र शासन पद्धतिकै कारण अब यो देश पहिले जस्तो रहेन जहाँका प्रम, मन्त्री , आर्मी चिफ, प्रहरी प्रमुख, मुख्य सचिव भारतले चाहाएको वा भारत सेवामुखी बनाउनै पर्ने बाध्यता थियो।
प्रचण्ड प्रम हुँदा पहिलो विदेश भ्रमण चिनबाट सुरु गर्नु नै भारतबाट नेपाल उन्मुक्ति चहान्छ भन्ने सांकेतिक वेब हो। सुशील कोइरालाले पनि आफ्नो अडानबाट पछि नहट्नु पनि त्यसको संकेत हो। विश्व राजनीतिमा धेरै कुरा बोलेर भन्दा पनि कुनै कामद्वारा संकेत दिएर आफ्नो धारणा प्रकट गर्ने चलन छ। मधेसी दलको आह्वानमा ६ महिना बोर्डर ब्लकेड भयो भनेर मधेसी नेताहरु आँफैले भन्दै आइरहेका छन् । तर, यथार्थ सर्वविदितै छ। त्यस समयमा समेत घुँडा नटेकी नेपाली जनतालाई चाइनाद्वारा विश्वसंग ट्रेडमा लिङ्क गर्न प्रम चुकेनन्। त्यहिँबाट हाम्रो भारतसँगबाट मात्र रहि आएको व्यापार एकाधिकार पहिलो पटक सधाका लागि टुङ्गिएको हो। हुन त चीनसँग पनि हामी एउटा इनभिजिवल ब्यारियर निर्माण गरेर अघि बढ्नु छ । पृथ्वीनारायण शाहको दिब्य उपदेशमा समेत ‘चीन चालबाज छ है ।’ भन्ने सार पोखेको पाइन्छ।
पाकिस्तानलाई निल्छु कि झैं गर्ने भारतले यत्रो बबाल मच्चिँदा समेत नेपालसँग वार्तामा बस्न मानेको छैन। हाम्रो देशका प्रहरीको कारवाहीमा भारतका जनता मर्दा समेत बोल्न सकेको छैन। मर्ने पनि मानिस हुन्, दुःख लाग्छ। तर, पहिलो पटक लागेको छ , म पनि बलियो देशको जनता हुँ जसलाई अनहाक मै दुनियाको कुनै ताकतले थर्काउन सक्दैन । मेरो यो सहासको पछाडि को छ? ,मेरो देशको प्रधानमन्त्री । काम गर्न अझै बाँकी छ । सरकारले गरेका नराम्रा कामहरुमा खबरदारी गर्दै रहन्छौँ । तर, करिब २ सय वर्ष पछि यो ऐतिहासिक मूभमेण्ट र भाइब्स् जुन् नेपाली जनतामा उत्पन्न गराउन हालका प्रधानमन्त्री केपी ओली सफल हुनु भएको छ । त्यसप्रति म भने नतमस्तक रहि मेरो देशको निडर र कर्मविर प्रधानमन्त्रीको साथ दिइरहनेछु । अब, आवश्ययकता शक्तिशाली लिडरशिपको भइरहेका बेला हामी एक उद्देश्य प्राप्तिका लागि एक राष्ट्रिय मञ्चमा गोलबद्ध भएर एक भई अघि बढ्नु पर्नेछ।
–संयोजक
‘बुटवल सक्षम छ’ अभियान
प्रतिक्रिया