ताजा अपडेट »

लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश ५, द्वारा कलाकारहरुलाई राहत वितरण

बुधबार, ०३ असार २०७७

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश ५ ले बुटवलमा अति आवश्यक परेका दर्जनबढी कलाकारलाई राहत वितरण गरेको छ। गत एक महिना देखि विभिन्न चरणमा राहत वितरण गरिएको प्रतिष्ठान प्रदेश ५ का प्रथम उपाध्यक्ष दिपु मगरले जानकारी दिए ।

प्रतिष्ठानमा आवद्ध कलाकारहरु प्रचण्ड जिसि, डिल्ली नारायण पाण्डे, देवकला बस्नेत, योगराज पोख्रेल, विक्रम राना, दुर्गा नेपाल, दिपक कार्की, पैचो पसल बुटवल लगायत विभिन्न कलाकारहरु तथा संघ संस्थाको सहयोगमा कलाकारहरुलाई राहत वितरण गरियको हो । बुधबार भएको राहत वितरणमा संस्थाका अध्यक्ष डिल्लिनारायण पाण्डेलगायतको उपस्थितीमा कलाकारहरुकै घर-घरमा पुगी राहत वितरण गरिएको छ।