काठमाडौं । देशमा लकडाउन भएको कारण गर्दा हाम्रो दैनिकीहरुमा ठुलो असर परेको छ । पहिलाको अवस्थामा जसरी हामीले आफ्नो कामहरूलाई सहज रुपमा अघाडी बढाउन सकेका छैनौं। त्यसको असर नेपाली गीत संगीतमा पनि पर्नु स्वाभाविक नै भयो । यसको अर्थ पहिलाको जस्तो नयाँ गीतहरु बजारमा आएका छैनन् ।यदि आइहाले पनि विभिन्न ठाउँमा गएर पहिला जसरी भिडियो बनाउन सक्ने अवस्था छैन ।
यस्तो कठिन परिस्थितिमा नयाँ गीत निकाल्ने कलाकारहरू कमै मात्रामा छन् । त्यसमध्येका एउटा कलाकार हुन राकेश सोनी उनले अहिले पासपोर्ट गीत बजारमा लिएर आएका छन् । सोनीले विशेषगरी व्यवसायीक रुपमा गीतहरु एरेन्जको काम गर्दै आएका छन् । तर यो गीत भने ऊनी आफै गाएका हुन् । यो गीत गाउन उनलाई पुजा विश्वकर्माले साथ दिएकी छिन भने लय ,शब्द, एरेन्ज पनि राकेश सोनीको रहेको छ । भिडियोमा राकेश सोनी र विन्दु बिसिलाई देख्न सक्नुहुनेछ । विन्दु बिसिको नयाँ युटुब च्यानलबाट सार्वजनिक गरेको गितलाई युटुवमा हेर्न सकिनेछ ।
भिडियो
प्रतिक्रिया