बुटवल । कोभिड-१९ को माहामारीले सबै भन्दा बढी पर्यटन क्षेत्र संकटमा परेको भन्दै पर्यटन व्यवसायीहरुले सरकारसँग दिनमिल्ने शुल्कहरुमा छुट गरि दिन माग गरेका छन् । उनिहरुले पर्यटन व्यवसायीले सरकारलाई तिर्ने वार्षिक व्यवसाय कर, विद्युत महशुल शुल्क, घर वहाल कर, आय कर लगायतका विषयमा छुट गरि दिन सरकारसँग माग गरेका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार यस वर्षको भित्तेपात्रो विमोचन गर्दै तीनै तहका सरकारले पर्यटन व्यवसायीले भोग्नु परेको समस्याका सवालमा गम्भिर हुन नसकेको गुनासो गरे ।
होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले कोभिड-१९ ले व्यवसायीलाई पारेको विकराल समस्याका सवालमा सरकार गम्भिर हुनु पर्नेमा जोड दिए । उनले लकडाउनले कुनकुन क्षेत्र र व्यवसायमा के कती समस्या पारेको छ भन्नेबारे छनविन गर्न माग गरेका छन् । छानवनिका लागि सरकारले विशेषज्ञ टोली गठन गरि सोही अनुसार राहात प्रदान गर्न जरुरी रहेको औल्याए । संघका अध्यक्ष समुन्द्र जिसीले लकडाउनको समयमा घर भाडा माग्ने, भाडा नदिएको नाममा घर खाली गराउन खोज्नेहरुको तथ्याकं संकलन गरिरहेको बताउँदै सहज वातावरण तयार नहुदासम्म त्यसप्रकारका हर्कत नगर्न घर धनीहरुलाई आग्रह गरे ।
गुँरास डिष्टिलरी प्रालीका संचालक उज्जवल श्रेष्ठ, मार्केटिङ म्यानेजर गोपाल राजभण्डारी, महासंघका सल्लाहकार देवि कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनाल लगायतले व्यवसायीले भोग्नु परेको समस्यामा सरोकारवाला निकाय गम्भिर हुन माग गरे । संघको भित्तेपात्रो प्रकाशन गर्न गुँरास डिष्टिलरी प्रालीले आर्थिक सहयोग गरेको थियो ।
प्रतिक्रिया