ताजा अपडेट »

अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका एकजनाले गरे क्वारेन्टाइनमै आत्महत्या

बुधबार, ०३ असार २०७७

सन्धिखर्क । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका अर्घाखाँचीको शितगंगाका एकजनाले आत्महत्या गरेका छन् । शितगंगा नगरपालिका-५, गल्दाको हरि माविको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताए ।

गत जेठ १० गते भारतबाट घर फर्किएका बि.क.को आरडिटी रिपोट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भए पनि रिपोर्ट भने आइनसकेको उनले बताए ।गएराती क्वारेन्टाइन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको नगरप्रमुख अधिकारीले बताए ।