काठमाडौँ । चीनका विदेशमन्त्री वाङ्ग यीले भारत र चीनको सीमा क्षेत्रमा शान्ति कायम राख्नका लागि तनाव न्यूनीकरण गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । यसका लागि भारत र चीनबीच विद्यमान विवादहरु समाधान गर्न चीन तयार रहेको उनले बताएका छन् ।
चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले भारससँग झडप भएको र यसमा परी तीन भारतीय सेनाको मृत्यू भएको पुष्टि गरेको छ ।
भारत र चीनबीच झण्डै चार दशकपछि पहिलोपटक दुईपक्षीय झडपमा सैन्य शक्तिको क्षति भएको हो । यद्यपि, यसबीचमा धेरैपटक दुई देशका सेनाहरु आमने सामने भएका थिए ।
प्रतिक्रिया