काठमाडौं । स्पेनका पूर्व गोलकिपर तथा कप्तान ईकर कासिलासले स्पेनिस फुटबल महासंघको अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सन् २०१० मा स्पेनले विश्वकप जित्दा मुख्य खेलाडी रहेका कासिलासले निर्णयमा पूर्नविचार गर्दै उम्मेदवारी फिर्ता लिने बताएका हुन् ।
कोरोना महामारीको कारण देशको बिग्रदो सामाजिक, आर्थिक र स्वास्थ्यलाई मध्यनजर गर्दै कासिलासले आफ् उम्मेदवार नहुने बताएका हुन् । यद्यपी घोषणा भने गरिसकेका छैनन् ।कासिलासले उम्मेदवारी फिर्ता लिएसंगै लुईस रुबेलिस चार बर्ष महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित हुने सक्ने बताईएको छ ।
पोर्टोबाट व्यवसायिक फुटबल खेलिरहेका उनी सन् २०१९ को अप्रिलबाट मैदानमा देखिएका छैनन् । ह्दयघातका बिरामी रहेका कारण उनी प्रशिक्षण स्टाफको रुपमा काम गरिरहेका छन् ।
प्रतिक्रिया