काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमित आमाले सन्तानलाई दूध चुसाउँदा कोरोना नसर्ने बताएको छ । संक्रमित आमाहरुलाई बिना हिचकिचाहट सन्तानलाई दूध चुसाउन डब्लुएचओको आग्रह छ ।
आफूहरुले अध्ययन गर्दा दूध चुसाउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्ने प्रमाण नभेटिएको डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताए । अहिलेसम्म प्राप्त प्रमाणहरुका आधारमा आमाले दूध चुसाउँदा संक्रमण फैलिने नदेखिएको उनको भनाई छ । आमा अति बिरामी नपरेसम्म बच्चाहरुलाई आमाबाट पर राख्न नहुने पनि डब्लुएचओले जनाएको छ ।
प्रतिक्रिया