ताजा अपडेट »

खुकुलो लकडाउन र स्वास्थ्य सतर्कता

आइतबार, ३२ जेठ २०७७

नेपालमा कोरना संक्रमितको दोस्रो बिरामी देखिए पश्चात चैत्र ११ गतेबाट बन्दाबन्दीको घोषणा भयो । लामो समयसम्म बन्दाबन्दी रहँदा यसको असर गरिखाने मजदुर वर्ग तथा बिपन्न वर्गमा बढी परेको देखियो । लगातार झन्डै झन्डै ३ महिनाको बन्दाबन्दीले नेपालको कुल ग्राहस्थ उत्पादनमा योगदान गर्ने उद्योग,यातायात, ब्यापार,सेवा, पर्यटन, कृर्षि, रेमिट्यान्स,निर्माण इत्यादि क्षेत्रहरु शिथिल अवस्थामा पुगेको देखिन्छ । जसबाट नेपालको आर्थिक वृद्धि दर न्यून भई गरिबी र बेरोजगारको स्थिति अझ बढ्ने देखिन्छ । राष्ट्र बैकंले आजसम्म १ खर्ब भन्दा बढीको नोक्सानी भइसकेकोतथ्याङकजारी गरेको छ भने चालू वर्षको आर्थिक बृद्धि दर पनि २.२७ प्रतिशत रहने तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ ।

पछिल्ला दिनहरुमा गल्ली, चोक, बजारमा भिडभाड, चहल–पहल देख्दा नेपालमा कोरोना पूर्णरुपमा नियन्त्रण भएजस्तो देखिन्छ । राज्यले लकडाउन खुकुलो गरेसँगैआम नागरिक, उद्योग ब्यवसायीहरुले राहत महसुस गर्नु स्वभाविक पनि छ । जसले गर्दा गरिखाने मजदुरहरुलाइ पनि केहि राहत मिल्ने अपेक्षा गरिएको छ भने अर्थतन्त्र पनि केहि रुपमा भएपनि चलायमान हुने देखिन्छ । तर,पछिल्ला दिनहरुमागल्लि, चोक, बजारमा भिडभाड, चहलपहल देख्दा नेपालमा कोरोना पूर्णरुपमा नियन्त्रण भएजस्तोदेखिन्छ । प्रायः मानिसहरु बिना मास्क, सामाजिक दूरी कायम नराखिकन बजारमा हिडेको देखिन्छ ।

शिथिल अर्थतन्त्रलाई चलायमान गराउन लकडाउनलाइ खुकुलो गराउने बिषयमा सरकारले गृहकार्य गरिरहेको अवस्था थियो । यस बीचमा विभिन्न क्षेत्रहरुबाट लकडाउन खुकुलो गर्नु पर्दछ भन्ने आवाजहरु पनि नआएका होइनन् । सरकारले पनि लकडाउन कुन रुपमा, कसरी,कहिले देखि खुकुलो गर्न सकिन्छ भनेर स्वास्थ्य क्षेत्रका बिज्ञहरुसँग पनि परामर्श गर्यो । लकडाउन खुकुलो गराउनुपर्ने बिषयमा सदन र सडकमा चर्का आवाजहरु नउठेका होइनन । लकडाउन कै समयमा कैयौं उद्योगी, ब्यापारीहरुले स्वतस्फूर्त ब्यापार ब्यवसाय सन्चालन पनि गरेको देखियो ।

काठमाण्डौको न्यूरोडमा त ब्यापारीहरु आन्दोलनमा उत्रिने स्थिति समेत देखियो । नेपालमा कोरोना नियन्त्रणको लागि राज्यले गरेको निर्देशन लामो समयसम्म धैर्य, संयमित, अनुशासित ढङ्गले पालना गरिरहदा एक्कासी उद्योगी ब्यवसायीहरुले सरकारको आज्ञा तोड्नु बिवशता बाहेक अरु केही नियत थिएन । यद्यपि उनिहरुले सरकारलाई लकडाउनको मोडालिटि परिवर्तन गर्नुपर्छ भनेर सुझावहरु नदिएका पनि होइनन । उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुलाई राज्य, ब्याक्ति, ब्यवसायको कौशलतासँग जोडिन्छ । तर, लकडाउन खुकुलो गराउने सम्बन्धमा सरकारले सोच राख्दा राख्दै पनि समयमा निर्णय लिन नसक्नुले सरकारले दवावमा परेर सो सम्बन्धि निर्णय गरेजस्तो आम जनमानसमा देखिन गयो । तदनुरुप सरकारले लकडाउन शुरु भएको ८० औ दिनपछि सार्वजनिक यातायात, शिक्षण संस्था, सिनेमा, जिम सेन्टर, ब्यूटिपार्लर, डान्स बार ,रेष्टूरेन्ट, होटल आदि बाहेकका उद्योगहरु, निजि सवारीहरु (जोर बिजोर नम्बरको आधारमा)ब्यापार, ब्यवसाय खुकुलो गर्ने निर्णय सँगसँगै असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु पनि दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गर्यो ।

लकडाउन खुकुलो बनाएसँगै सरकारले जारी गरेको घरबाहिर हिड्दा अनिवार्य मास्क लगाउनुपर्ने, २ मिटरको सामाजिक, भौतिक दूरी कायम गर्ने निर्देशन अनुशरण गरेको देखिएन । कतै आम मानिसमा कोरोना संक्रमणको डर, त्रास, भय हटेको त होइन भन्ने तर्कहरु ब्यक्त गरिएका छन् ।ब्यापारीहरु पनि सुरक्षा सावधानीका उपायहरु अबलम्वन गरेको देखिदैन ।यस प्रकार हामीले स्वास्थ्य सतर्कता प्रति गम्भीर भएनौ भने हामीले संयमित, धैर्यताका साथ ८० दिनसम्म पालना गरेको लकडाउनको महत्व खेर जाने देखिन्छ ।

पछिल्ला दिनहरुमा गल्ली, चोक, बजारमा भिडभाड, चहल–पहल देख्दा नेपालमा कोरोना पूर्णरुपमा नियन्त्रण भएजस्तो देखिन्छ । राज्यले लकडाउन खुकुलो गरेसँगैआम नागरिक, उद्योग ब्यवसायीहरुले राहत महसुस गर्नु स्वभाविक पनि छ । जसले गर्दा गरिखाने मजदुरहरुलाइ पनि केहि राहत मिल्ने अपेक्षा गरिएको छ भने अर्थतन्त्र पनि केहि रुपमा भएपनि चलायमान हुने देखिन्छ । तर,पछिल्ला दिनहरुमागल्लि, चोक, बजारमा भिडभाड, चहलपहल देख्दा नेपालमा कोरोना पूर्णरुपमा नियन्त्रण भएजस्तोदेखिन्छ । प्रायः मानिसहरु बिना मास्क, सामाजिक दूरी कायम नराखिकन बजारमा हिडेको देखिन्छ ।

लकडाउन खुकुलो बनाएसँगै सरकारले जारी गरेको घरबाहिर हिड्दा अनिवार्य मास्क लगाउनुपर्ने, २ मिटरको सामाजिक, भौतिक दूरी कायम गर्ने निर्देशन अनुशरण गरेको देखिएन । कतै आम मानिसमा कोरोना संक्रमणको डर, त्रास, भय हटेको त होइन भन्ने तर्कहरु ब्यक्त गरिएका छन् ।ब्यापारीहरु पनि सुरक्षा सावधानीका उपायहरु अबलम्वन गरेको देखिदैन ।यस प्रकार हामीले स्वास्थ्य सतर्कताप्रति गम्भीर भएनौ भने हामीले संयमित, धैर्यताका साथ ८० दिनसम्म पालना गरेको लकडाउनको महत्व खेर जाने देखिन्छ । यस्तै क्रमले असुरक्षित भिडभाड बढ्दै गयो भने नेपालमा कोरोना संक्रमण दर भयाबह अवस्थामापुग्नेमा जनस्वास्थ्यबिदहरु पनि चिन्ता ब्यक्त गरेको देखिन्छ ।संक्रमण सङख्याको बारेमा सरकारले गरेको प्रक्षेपण भन्दा पनि बढी हुने अवस्था छ ।

ब्यापारीहरुपनि आफू सुरक्षित हुने,पसलमा भिडभाड नगराउने,ग्राहकहरुलाई आवश्यक दूरी कायम गर्न लगाउने । उद्योग, कलकारखानाहरुमा काम गर्ने कामदारहरुको सकेसम्म उद्योग हाता भित्र सुरक्षित बसोबासको ब्यवस्था गर्ने,धेरै संख्यामा काम गर्ने कामदारहरु भएका उद्योगहरुमा भिडभाड कम गर्ने उपायहरु अबलम्वन गर्ने,कामदारहरुलाइ प्रयाप्त सुरक्षा सामाग्रीको ब्यवस्था गर्नेजस्ता उपायहरु अबलम्बन गर्नुपर्ने देखिन्छ । सरकारी कार्यालयहरु पनि खुल्ने भएकोले सेवाग्राहीको भिडभाड बढ्ने देखिएको कर्मचारीहरु पनि सुरक्षित रही प्रयाप्त दूरी राखी सेवा प्रदान गर्नुपर्ने देखिन्छ ।

बन्दाबन्दीको ८३ औ दिनको ४.२३ बजे सम्म आइसोलेसनमा रहेका संक्रमितको संख्या ४,७६७पुगेको छ भने ९७४ जना निको भएका १,४३,६४१ जना क्वारेन्टाइनमा रहेको अवस्था छ ।एकातिर संक्रमण दिन–प्रतिदिन तिब्रगतिमा बढी रहनु, अर्को खुकुलो लकडाउनको अवस्थाले परिस्थिति अझ नबिग्रेला भन्दै गर्दा पङतिकारले खुकुलो लकडाउनको अवस्थालाई बिरोध गर्न भने पटक्कै खोजेको होइन । पङतिकारको जोड स्वास्थ्य सम्बन्धि सुरक्षा, सतर्कता तथा सजकता अझ बढाउनु पर्नेमा हो ।पछिल्ला दिनहरुमा छिमेकी देश भारतमा तिव्र गतिमा संक्रमण बढीरहेकोलेभारत बिश्वमा अमेरिका, ब्राजिल पछि कोरोना संक्रमितको सूचीमा तेस्रो हुने संभावना देखिन्छ जसले गर्दा पनि नेपालमा संक्रमितको संख्या तत्कालै घट्ने देखिदैन । अझै पनि नाकाहरुबाट भारतमा रोजगारिका लागि गएका नेपाली दाजुभाइहरुआउने क्रम जारी रहेको छ यो क्रम कहिलेसम्म चलिरहने भन्ने अनिश्चत नै छ । अत: खुकुलो पनलाइ पनि लकडाउन नै संझिएरसबैले पालना गर्नुपर्ने स्थिति देखिन्छ ।

बाहिर निस्कदा अनिवार्य मास्क लगाउने, बाटोमा हिड्दा वा पसलमा सामानहरु किन्दा २ मिटरको भौतिक दुरी कायम राख्ने , पटक पटक बजार जानु भन्दा हप्ताभरीका लागि चाहिने सामान एकैपटक किन्ने , सपरिवार बजार नगई घरको एकजना सदस्य मात्र निस्कने , भिडभाड भएकापसलहरु अथवा सपिङ मललाइ नरोजी कम भिडभाड भएका पसललाइ रोज्ने, एकआपसमा भेटघाट,घुमघाम, मित्तता बढाउने समय होइन, संभव भएका ठाउहरुमा भुक्तानी गर्दा बिद्युतिय माध्यमबाट गर्ने ,निजी सवारी साधनमा हिड्दा सरकारले तोकेको नियम पुर्णरुपमा लागु गरौ जसले गर्दा भिडभाड कम हुने देखिन्छ, स साना नानीहरु, बृद्ध बिरामी ब्यक्तीहरुलाइ किनमेल गर्न नपठाउने,आफन्त, नातागोता इष्टमित्र कहां अतिथि बनेर नजाने आदि महामारी नियन्त्रण नहुन्जेल सम्म हामी सबैले पालना गर्नुपर्ने देखिन्छ ।

ब्यापारीहरुपनि आफू सुरक्षित हुने,पसलमा भिडभाड नगराउने,ग्राहकहरुलाई आवश्यक दूरी कायम गर्न लगाउने । उद्योग, कलकारखानाहरुमा काम गर्ने कामदारहरुको सकेसम्म उद्योग हाता भित्र सुरक्षित बसोबासको ब्यवस्था गर्ने,धेरै संख्यामा काम गर्ने कामदारहरु भएका उद्योगहरुमा भिडभाड कम गर्ने उपायहरु अबलम्वन गर्ने,कामदारहरुलाइ प्रयाप्त सुरक्षा सामाग्रीको ब्यवस्था गर्नेजस्ता उपायहरु अबलम्बन गर्नुपर्ने देखिन्छ । सरकारी कार्यालयहरु पनि खुल्ने भएकोले सेवाग्राहीको भिडभाड बढ्ने देखिएको कर्मचारीहरु पनि सुरक्षित रही प्रयाप्त दूरी राखी सेवा प्रदान गर्नुपर्ने देखिन्छ । यस प्रकार सबै ठाउँबाट स्वास्थ्य सतर्कता, संयमता अपनाउनु अझै जरुरी देखिन्छ ।

कोरोना पहिचान, उपचार, नियन्त्रणमा सरकारको प्रभावकारी भूूमिका नदेखिएको भन्दै सडक, सन्जालदेखि सदनसम्म चर्का आवाजहरु उठिरहेका छन । नेपाल भारतका सिमा नाकाहरुमा नेपालीहरुले भोग्नुपरेको पिडा,अब्यवस्थित क्वारेन्टाइन, साँघुरो परिक्षणको दायरा, खर्चमा अनियमितता,पारदर्शिता जस्ता बिषयहरुलाइ लिएर सरकारको चर्को आलोचना उठिरहेको छ। पछिल्लो समयमा सरकारका क्रियाकलापको बिरोधमा युवापङतिहरु काठमाण्डांै लगाएत देशका बिभिन्न शहरहरुमा चरणबद्ध आन्दोलनमा उत्रिएका छन । उनिहरुका मागहरु जायज होलान नहोलान तर,सुरक्षा सतर्कता नअपनाइकन सडकमा बिरोधका कार्यक्रमहरु गर्दा कतै संक्रमणको दर फैलने त होइन भन्नेमा आशंका पनि ब्यक्त भइराखेको छ ।

यसप्रकार यो समयमा सरकार आन्दोलनकारी दुबै संवेदनशिल हुनुपर्ने देखिन्छ ।राज्यले पनि उठान भएका बिषयहरुलाई कथनीमा मात्र नभएर ब्यवहारीक रुपमै समाधान गर्नुपर्ने हुन्छ । आन्दोलनकारीहरु पनि आन्दोलनको स्वरुपमा परिवर्तन गरि जायज मागहरु सडक बाहेक अन्य कुनै माध्यमबाट राख्दा प्रभावकारी हुने देखिन्छ । भारतमा रोजगारी गुमाएर फर्किएका नेपाली दाजुभाइहरुले सिमामा पाएको पिडा अति नै दर्दनायक छ । बल्ल तल्ल नेपालको सिमामा आउदा सुखको अनुभुति हुनुपर्नेमा पिडा तनाव भोग्नु परेको तितो यथार्थ हो । उनिहरुलाइ शिघ्र क्वारेन्टाइन सम्म लैजाने, क्वारेन्टाइनको अवस्था सुधार गर्ने, ब्याक्तिको स्वास्थ्य अवस्थाको आधारमा पिसिआर परिक्षणको प्राथामिकता निर्धारण गर्ने, उनिहरुको स्वास्थ्य अवस्था एकिन भएपछिमात्र उनिहरुलाइ घर पठाउने यी कुराहरुलाइ ब्यवस्थित रुपमा राज्यले गर्नुपर्छ । सिमामा आएकाहरुलाइ समयमा ब्यवस्थापन गर्न चुक्यो भने संक्रमणको दर भयावह हुन सक्छ ।

संक्रमणको संख्या बढिरहेको, अझ बढ्नसक्ने संभावनालाइ मध्यनजर गरि पिसिआर परिक्षणको दायरा बढाउने, आइसोलेसन बेड, भेन्टिलेटरको संख्या ब्यवस्थापन गर्ने बिषयमा पनि सरकार संवेदनशिल हुनुपर्ने देखिन्छ । जहाँसम्म सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरेका खर्चहरुको अनियमितताको सन्दर्भमा ब्यापक विरोधहरु भइरहेको अवस्थालाइ पनि तुरुन्त नियन्त्रण गर्नुको साथै सम्बन्धित निकायहरुको खर्च विवरणलाई पारदर्शी गराउन सम्बन्धित वेभसाइट राख्नेअथवा आवधिक रुपमा जानकारी दिने ब्यवस्था मिलाउँदै पारदर्शी, उत्तरदायी सरकारकोआभाष आम जनतामा दिन सक्नु पर्छ ।

अन्तमा लकडाउन खुकुलो भएसँगै आम नागरिक, उद्योग ब्यवसायी,सरकारी कार्यालयहरु सबैले प्रयाप्त स्वास्थ्य सतर्कता तथा सावधानी अपनाउनु पर्ने हुन्छ । नेपालमा संक्रमितको संख्या यहि रफ्तारमा बढ्दै गयो भने राज्यले ब्यवस्थापन गर्ने समेत स्थिति देखिदैन ।अतः सबैले आ–आफ्नो तवरमा स्वास्थ्य सतर्कता अपनाउनु जरुरी देखिन्छ । राज्यले पनि बिगतमा भएका कमिकमजोरीहरुलाइ पृष्ठपोषणको रुपमा लिएर अबका दिनहरुमा कोरोना पहिचान, रोकथाम तथा उपचारमाप्रभावकारी, प्रशंशनिय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।