काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का कप्तान थिएगो सिल्भा र ईडिन्सन काभानीले क्लब छाड्ने भएका छन् । कप्तान सिल्भा र पीएसजीका कीर्तिमानी गोलकर्ता काभानीले यस सिजनको अन्त्यसंगै क्लब छाड्ने पक्का भएको क्लबका निर्देशक लियोनार्दोले पुष्टि गरेका छन् । ३३ बर्षिया फरवार्ड काभानी र ३५ बर्षिया कप्तान सिल्भाले फ्रि एजेन्टको रुपमा क्लब छाड्न लागेका हुन् ।
दुवै खेलाडीको क्लबसंगको सम्झौता यसै सिजन सकिदैँछ। दुवै खेलाडीले अगष्टमा हुने च्याम्पियन्स लिगमा खेल्न सक्ने बताइएको छ । पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाईनलमा पुगिसकेको छ ।काभानी इटालियन क्लब नापोलीबाट सन् २०१३ मा पीएसजीमा पुगेका थिए । उनले त्यहाँ २०० गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । शिल्भा पनि अर्को इटालियन क्लब एसी मिलानबाट पिएसजी पुगेका थिए ।
प्रतिक्रिया