काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को कारण विश्व प्रायस् ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ७८ लाख ५९ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ३२ हजार १ सय ६८ जनाको मृत्यु भैसकेको छ ।
४० लाख ३५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ३९ जनाको मृत्यु भएको छ भने १ लाख २८ हजार नयाँ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -७०२
ब्राजिल -८९०
रसिया -११४
बेलायत -१८१
इटली -७८
भारत -३०९
जर्मनी -४
टर्की -१४
इरान -७१
फ्रान्स -२४
चिली -२३१
मेक्सिको -५०४
साउदी अरेबिया -३९
पाकिस्तान -८८
क्यानडा -५८
नेपाल -२
बेल्जियम -४
बंगलादेश -४४
नेदरल्याण्ड -४
बेलारुस -५
दक्षिण अफ्रिका -६९
स्विडेन -२०
कोलम्बिया -४७
इक्वेडर -४६
यूएई -१
पोर्चुगल -७
कुबेत -४
इजिप्ट -६२
इन्डोनेसिया -४३
सिंगापुर -१
युक्रेन -१०
पोल्याण्ड -१५
फिलिपिन्स -२२
रोमानिया -१४
अफगानिस्तान -५
अर्जेन्टिना -३०
डेमोसियन रिपब्लिक -९
ओमान -३
पानामा -८
बहराइन -१
नाइजेरिया -८
कजाकस्तान -३
सर्बिया -१
डेनमार्क -३
बोलिभिया- २६
अल्जेरिया -९
माल्दोभ -१३
इराक -४३
जापान -२
अजरबैजान -२
ग्वाटेमाला -१७
मलेसिया -१
होन्डुरस -१२
सेनेगल -४
सुडान -१४
डिआरसी -५
ताजिकिस्तान -१
डिजीबाउटी -३
गुनिया -१
नर्थ मेसोडोनिया- ८
एल साल्भाडोर -४
केन्या -४
इथियोपिया -८
भेनेजुयला -१
सोमालिया -२
किर्गिस्तान -१
माली -३
लिथुवानिया -१
दक्षिण सुडान -३
लेबनान -१
लाटभिया- १
नाइजर -१
मौरिटानिया -२
हंगेरी -४
जर्जिया -१
यमन -२१
मलावी -१
लिब्या -२
बेनिन -१
अंगोला १
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया