ताजा अपडेट »

कति सफल/असफल अनलाइन क्लास !

शुक्रबार, ३० जेठ २०७७

वर्तमान विश्व, कोरोना महाव्याधिसँग जुधिरहेको छ । नेपालमा दिनानुदिन जोखिम बढ्दै छ । यतिबेला नेपालका विद्यालयहरू धेरैजसो बन्द छन् । केही नीजि विद्यालयहरूले अनलाइन क्लास चलाएका छन् । त्यो पनि सरकारले नचलाउन भनेको छ ।

कसैकसैको नजरमा अनलाइन क्लास बेकार हो भन्ने छ । कक्षामा ठटाइ–ठटाइ पढाउँदा त नपढ्ने बच्चाले अनलाइनबाट पढेर के सिक्छ भन्ने प्रश्न समेत गर्छन् । अनलाइन क्लासमा बच्चा आफ्नो अभिभावकको नजरमा बसेर पढ्ने हुनाले नपढ्ला वा नसिक्ला अथवा कतै भुल्ला कि भन्ने चिन्ता नगर्दा हुन्छ । कक्षामा नपढ्ने विद्यार्थीलाई शिक्षकले सजायँ दिँदा धेरै कुरामा ध्यान दिएर मात्र सजायँ दिनुपर्ने हुन्छ । कुनैबेला त कक्षामा सम्झाउँदा मात्र पहिरो जान सक्छ । घरमा नपढेको खण्डमा अभिभावकले सजायँ दिए भने राम्रैसित भेट्छ । त्यसैले विद्यार्थीले घरमा बसेर राम्ररी पढ्छन् ।– मीनबहादुर राना

घरमा महङ्गा–महङ्गा पलङ, दराज, वासिङ मेसीन लगायतका सामान राखेका हुन्छौँ । ती सामानहरू त सस्तै खाले लिए पनि काम चलाउन सकिन्छ तर हामीलाई ब्राण्डेड सामान चाहिन्छ भने बच्चाको लागि त्यति व्यवस्था गर्न किन नसक्ने ? बच्चाले ती डिभाइस चलाउँदा प्रविधिसित खेल्न सिक्छ । बच्चाको भविष्य राम्रो बनाउन हामीले कति लगानी गरेका हुन्छौँ । त्यसको लेखाजोखा हुँदैन । खर्च हुन्छ भनेर अनलाइन क्लास दुकान चलाउने भाउँतो हो भनेर बस्ने ?

अनलाइन क्लासबाट विद्यार्थीलाई धेरै फइदा हुन्छ । पहिलो, बच्चाको त्रास कम गर्ने काम भएको छ । दोस्रो, उनीहरूको पढ्ने बानी बिग्रनबाट रोकेको छ । अनलाइन क्लासलाई कोरोना रिलिफ क्लासको रूपमा लिनु राम्रो हुन्छ । स्कुलमा पढाउने शिक्षक सबैमा प्रविधिको ज्ञान नहुन पनि सक्छ । आफ्नो विषयमा विज्ञ् हुँदाहुँदै प्राविधिक समस्याले गर्दा दिनदिनैको शिक्षण सामग्री तयार पारेर कक्षामा उपस्थित हुन नसकिने अवस्था हुन्छ । तर फेरि पनि सबै कुराको समाधान छ । विज्ञ् शिक्षकले आफ्ना शिक्षक साथीसित मिलेर शिक्षण सामग्री तयार पार्न सक्छन् । एक दुई दिन शिक्षक साथीको सहयोग लिएर काम सुरु गरेपछि खासै समस्या हुँदैन । एक दिन राम्ररी मिहिनेत गर्ने हो भने जुनसुकै शिक्षक अनलाइन क्लास लिन सक्षम हुन सक्छन् ।

अहिले टेलिभिजनबाट क्लास लिने गरिएको छ । टेलिभिजनको स्टुडियोमा भएका साधनको उपयुक्त प्रयोग भएको देखिन्न । हामीमा भएको सोच परिवर्तन नभएसम्म प्रविधि मात्रले केही गर्दैन । प्रविधिको उचित प्रयोग गर्न सके घरमै बसेर स्तरीय शिक्षा लिन सकिन्छ । हामीले आफ्ना सन्तानलाई माया गछौँ भने उनीहरूको पढाइमा निगरानी राख्नुपर्छ । उनीहरू के पढेका छन् ? कसरी पढेका छन् ? भनेर नजिकबाट अनुगमन गर्ने र राम्रा सुझाव दिने गरे अनलाइनबाट धेरै राम्रो शिक्षा हासिल गर्न सकिन्छ ।

अनलाइन क्लासका फाइदा–ः
अनलाइन क्लासमा जति मिहिनेत गरेर रङ्गीन चित्र तथा श्रव्य,दृश्य सामग्री देखाएर पढाइएको छ त्यति राम्रो सामग्री मै हूँ भन्ने स्कुलको लाइभ क्लासमा सम्भव छैन । अनलाइनमा शिक्षकको अक्षर बुझिएन भन्ने ठाउँ रहन्न । विद्याथीले आफूलाई चाहिने नोट तुरुन्त स्क्रिन सर्ट गरेर राख्न सक्ने हुनाले ढिलो लेख्ने विद्यार्थीलाई समय छुट्याउन पर्दैन । शिक्षकले आफ्नो स्लाइड गुगल क्लासरुममा राखि दिएमा जहिले मन लाग्छ हेर्न सक्ने व्यवस्था हुन्छ । विद्यार्थीले क्लासमा पढाइएको विषयवस्तु पुनः हेर्न सक्छन् र नबुझेको ठाउँमा प्रश्न सोध्न सक्छन् । अनलाइन क्लासलाई रेकर्ड गर्न पनि सकिने हुनाले विद्यार्थीले क्लास पुनः हेर्न र सुन्न सक्छन् । अनलाइन क्लास अभिभावकको निगरानीमा हुने भएकोले विद्यार्थीले पठनपाठन राम्ररी हुन्छ । यस्तो व्यवस्था कक्षाकोठामा हाजिर भएर गरिने पठन पाठनमा सम्भव हुन सक्दैन ।

अनलाइन क्लासका समस्या –ः
१) पढ्दा शिक्षकको स्लाइडमा केरकार गर्ने ।
२) विद्यार्थीले आपसमा च्याट गरेर बस्ने ।
३)विद्यार्थीले क्यामेरा अफ् गरेर अन्तै भुल्ने ।
४) क्यामेराबाट मुख बिगारेर, आँखा देखाएर वा चलेर शिक्षक वा साथीहरूलाई जिस्क्याउने ।
प्रविधिक समस्या अरू पनि धेरै हुन सक्छन् ।
५) अभिभावकले बच्चालाई अनलाइन क्लासको लागि स्मार्ट फोन, ट्याव, कम्प्युटर र इन्टरनेटको व्यवस्था गर्न नसक्ने समस्या पनि छ ।

अनलाइन क्लास अभिभावकको निगरानीमा हुने भएकोले विद्यार्थीले क्यामरा अफ् गरेर ठग्ने समस्या हुँदैन । त्यो समस्या निगरानी गर्न शिक्षकले दुई ओटा डिभाइस प्रयोग गरेर एउटा डिभाइसबाट स्क्रिन शेयर गर्दा अर्को डिभाइस्बाट विद्यार्थीमाथि निगरानी गर्न सकिन्छ । आफ्नो शिक्षण एपलाई पहिल्यै सेटिङ गरेर च्याटिङ र केरकार गर्ने जस्ता समस्यालाई सजिलै हटाउन सकिन्छ ।

अहिले बजारमा पठन पाठन मात्र गर्न मिल्ने डिभाइसहरू पनि आएका छन् । खासै महङ्गो नपर्ने पढ्न लेख्न बाहेक अन्य काम नगर्ने यस्ता डिभाइसमा पिडिएफ् पुस्तक राखेर पढ्न मिल्ने हुनाले यी डिभाइस लिँदा पुस्तक किन्ने खर्च घटाउन सकिन्छ । हामी आफ्नालागि महङ्गा मोवाइल लिन सक्छौँ । कति फजुल खर्च गरिरहेका हुन्छौँ । घरमा महङ्गा–महङ्गा पलङ, दराज, वासिङ मेसीन लगायतका सामान राखेका हुन्छौँ । ती सामानहरू त सस्तै खाले लिए पनि काम चलाउन सकिन्छ तर हामीलाई ब्राण्डेड सामान चाहिन्छ भने बच्चाको लागि त्यति व्यवस्था गर्न किन नसक्ने ? बच्चाले ती डिभाइस चलाउँदा प्रविधिसित खेल्न सिक्छ । बच्चाको भविष्य राम्रो बनाउन हामीले कति लगानी गरेका हुन्छौँ । त्यसको लेखाजोखा हुँदैन । खर्च हुन्छ भनेर अनलाइन क्लास दुकान चलाउने भाउँतो हो भनेर बस्ने ?

गुगल क्लासमा धेरै अप्सनहरू दिइएका छन् । बच्चाले लेख्नुपर्ने बाध्यता रहँदैन । तर हामीले आफूले जसरी पढियो हाम्रा बच्चाले त्यसरी नै पढाउनुपर्छ भन्ने विचार फेर्न जरुरी छ । आफूलाई आउँदैन भने अरूलाई पनि आउँदैन भनेर समय अनुसारको शिक्षा दिनबाट किन पछि हट्ने ?