ताजा अपडेट »

नेपालले स्कटल्यान्डमा खेल्ने भनिएको एकदिवसीय सिरिज स्थगित

विहीबार, २९ जेठ २०७७

काठमाडौं । नेपालले स्टल्यान्डमा खेल्ने भनिएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिज स्थगित भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय सिरिज स्थगित भएको हो ।

सिरिज जुलाई ४ देखि ११ सम्म हुने तालिका थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार स्कटल्यान्डमा हुने सिरिज स्थगित गरिएको जानकारी दिएको छ । सिरिजमा नेपालसहित घरेलु टोली स्कटल्यान्ड र नामिबिया सहभागी हुने तय थियो । 

नेपालले यसअघि एक सिरिज खेलिसकेको छ । अमेरिका र ओमानसँगको सिरिजमा नेपालले ४ खेल खेल्दै २ मा जित र २ मा हार व्यहोरेको छ । नेपाल ४ अंक जोडेर छैटौं स्थानमा छ  ।