ताजा अपडेट »

संक्रमितदर अहिलेसम्मकै उच्च, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

विहीबार, २९ जेठ २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ७४ लाख ५१ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख १८ हजार ८ सय ७२ जनाको मृत्यु भैसकेको छ ।

३७ लाख ३३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ६५ जनाको मृत्यु भएको छ भने १ लाख ३४ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिन भन्दा धेरै हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९८२
ब्राजिल -१३००
रसिया -२१६
बेलायत -२४५
इटली -७१
भारत -३८८
जर्मनी -१३
पेरु -१६५
टर्की -१७
इरान -८१
फ्रान्स- २३
चिली -१९२
मेक्सिको-५९६
साउदी अरेबिया -३६
पाकिस्तान -८३
क्यानडा -६३
कतार -४
बेल्जियम -१०
बंगलादेश -३७
नेदरल्याण्ड -११
बेलारुस -६
दक्षिण अफ्रिका -४८
स्विडेन -७८
कोलम्बिया -६१
इक्वेडर -३०
यूएई -१
पोर्चुगल- ५
कुबेत -२
इजिप्ट -३६
इन्डोनेसिया -३६
आयरल्याण्ड -४
युक्रेन -२३
स्विजरल्याण्ड- २
पोल्याण्ड -२३
फिलिपिन्स -१०
रोमानिया -६
अफगानिस्तान -२१
अर्जेन्टिना -१८
डेमोसियन रिपब्लिक -६
ओमान- १
पानामा -१०
जापान -३
बहराइन -२
नाइजेरिया -१७
बोलिभिया -१२
अर्मेनिया -१०
कजाकस्तान -७
अल्जेरिया -८
दक्षिण कोरिया -२
सर्बिया -१
माल्दोभ -६
इराक -३४
अजरबैजान -४
चेक्भिया -२
मोरक्को -१
मलेसिया -१
ग्वाटेमाला -२२
होन्डुरस -९
सुडान -१२
उज्वेकिस्तान -१
हंगेरी -१
डिआरसी -६
आइभरी कोस्ट -३
नर्थ मेसोडोनिया -७
हाइटी -२
एल साल्भाडोर -६
ग्रीस -१
बोस्निया -१
इथियोपिया -३
किर्गिस्तान -२
लिथुवानिया -२
माली -२
कोस्टारिका -१
मडागास्कर- १
चाड -१
मौरिटानिया -१०
यमन- २
(एजेन्सीहरुको सहयोगमा)