ताजा अपडेट »

शाइन रेसुङ्गा र पूर्णिमा बैंक बीच एकता सहमति

सोमबार, २७ फागुन २०७५

फागुन २७,
ग्लोबल आवाज
बुटवल । शाइन रेसुुङ्गा डेभ्लपमेण्ट र पूर्णिमा विकास बैंक मर्ज हुने भएका छन् । दुई बैंकको छलफल र सहमतिपछि आइतबार तिलोत्तमाको ड्राइभरटोल स्थित एक होटलमा दुुई पक्षबीच हस्ताक्षर भएको हो । मर्जर पश्चात ‘शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंक लिमिटेड’ नाम सहित बुटवलमा केन्द्रिय कार्यालय रहने सहमती पत्रमा उल्लेख गरिएको छ ।


दुबै बैकका मर्जर कमिटीका संयोजक, सदस्यहरु तथा सञ्चालकहरुले रोहवरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैँकका अध्यक्ष सुरज उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । १ अर्ब ६२ करोड २६ लाख चुक्ता पूँजी रहेको शाइनरेसङ्गुा र ५५ करोड १२ लाख चुक्ता पूँजी भएको पूर्णिमाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । हाल १० जिल्लामा कार्यक्षत्र रहेको शाइन रेसुङ्गा र ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा बीच एकता भएसँगै राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ ।

सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैँकका अध्यक्ष श्रेष्ठले बैँकलाई विस्तार गरी आर्थिक समृद्धिमा टेवा पुु¥याउने लक्ष्य रहेको बताए ।त्यसैगरी पूर्णिमा विकास बैँकका अध्यक्ष उप्रेतीले एकताले नयाँ उर्जा थपेको समेत बताए । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश ५ का प्रत्येक घरमा बैंकको पहुँच पुर्याउने बताए ।