ताजा अपडेट »

संक्रमितदर बढ्यो, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

बुधबार, २८ जेठ २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ७३ लाख १६ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख १३ हजार ६ सय २३ जनाको मृत्यु भैसकेको छ ।

३६ लाख २ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिन भन्दा धेरै हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१०९३
ब्राजिल -११८५
रसिया -१७१
बेलायत -२८६
इटली -७९
भारत -२७७
जर्मनी -४८
पेरु -१६७
टर्की -१८
इरान -७४
फ्रान्स -८७
चिली -१९
मेक्सिको -३५४
नेपाल -१
साउदी अरेबिया -३७
पाकिस्तान -१०५
क्यानडा -६२
कतार -५
बेल्जियम -१३
बंगलादेश -४५
नेदरल्याण्ड -१५
बेलारुस -६
दक्षिण अफ्रिका -८२
स्विडेन -२३
कोलम्बिया -६४
इक्वेडर -४८
यूएई -२
पोर्चुगल -७
कुबेत- ४
इजिप्ट- ३५
इन्डोनेसिया -४०
आयरल्याण्ड -८
युक्रेन -१३
स्विजरल्याण्ड -११
पोल्याण्ड -१७
फिलिपिन्स -६
रोमानिया -१५
अफगानिस्तान -१५
अर्जेन्टिना -२४
डेमोसियन रिपब्लिक -५
ओमान -२
पानामा -५
इजरायल- १
बहराइन -२
नाइजेरिया -४
बोलिभिया -१०
अर्मेनिया -६
कजाकस्तान -५
अल्जेरिया -९
दक्षिण कोरिया -१
माल्दोभ -१२
मोरक्को -२
इराक -२२
अजरबैजान -५
ग्वाटेमाला -१५
फिनल्याण्ड -१
होन्डुरस- ४
हंगेरी -२
डिआरसी -२
डिजीबाउटी -३
नर्थ मेसोडोनिया -१
हाइटी -३
एल साल्भाडोर -३
ग्रीस- १
केन्या -३
बुल्गेरिया -३
सोमालिया -१
भेनेजुयला -१
इथियोपिया -५
क्रोएसिया -२
किर्गिस्तान- १
मोयन्टे -३
लिथुवानिया -१
माली -२
सुडान -१७
सेनेगल -३
कोस्टारिका -१
निकारागुवा -९
मौरिटानिया -२
सियरा लियोनी -१
चाड -१
कंगो -२
यमन -१५
च्यानल आइल्याण्ड -२
लाइबेरिया- १

(एजेन्सीहरुको सहयोगमा)