ताजा अपडेट »

महामारीले सिर्जना गरेका अवसर

मंगलबार, २७ जेठ २०७७


सन् २०१९ को अन्त्यमा सुरुवात भै २०२० बाट फैलन सुरु गरेको लगभग ६ महिना बित्नै लाग्दा पनि विश्व कोभिड–१९ को महामारीले आक्रान्त छ । कोरोना मानव जातको लागि पहिलो तथा नौलो महामारी होइन । इतिहासका विभिन्न चरणहरुमा, विभिन्न देशहरुमा यस्ता महामारीहरु सताइरहेका थिए । सन् १९१८ को जनवरीबाट सुरु भई सन् १९२० को डिसेम्बरसम्म ‘स्पेनी फ्लू’ ले विश्वभरका ५ करोडभन्दा बढी मानिसहरुको ज्यान लिएको थियो । सन १९५७–५८ मा प्रकोपको रुप लिएको ‘एशियाली फ्लू’ को १० लाख भन्दा बढीको ज्यान लिएको थियो । सन १९८१ बाट शुरु भएको एचआइभीबाट आजसम्म ३ करोड ५० लाख मनिसको मृत्यु भइसकेको छ । स्वाइन फ्लुले सन २००९ र २०१० मा १ अर्व ४० करोड मानिसहरुलाई संक्रमण गरेको थियो । जसबाट १ लाख देखि ५ लाख भित्रका मानिसहरुको मृत्यु भएको अनुमान गरिएको थियो ।

हाल विश्वब्यापी कोरोना महामारीले ४लाखको हाराहारीमा मृत्यु भइसकेको छ भने करिब ६९ लाखमानिसहरु संक्रमित भएको अवस्था छ । कोभिड–१९ महामारी कति समयसम्म जान्छ भन्न सकिने अवस्था छैन । विश्व स्वास्थ्य संगठनले यो महामारी ९ महिना देखि ३६ महिनासम्म जाने आंकलन गरेको छ । नेपालमा पनि माघ ९ मा कोरोनाको पहिलो बिरामी देखिएको र चैत्र १० गते दोस्रो बिरामी देखिए पश्चात चैत्र ११ गतेबाट लकडाउन शुरु भएको आज ७८औ दिन भइसकेको अवस्था छ । हालसम्म १४ जनाको मृत्यु भइसकेको करिब ३८०० मानिसहरु संक्रमित भएको अवस्था छ ।नेपाल राष्ट्र बैकंले जारी गरेको तथ्याङक अनुसारयस महामारीबाट आजसम्म १ खर्व भन्दा बढीको नोक्सानी भइसकेको छ। केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६÷७७ को आर्थिक वृद्धि २.२७ मा सीमित रहने प्रक्षेपण गरेको छ । विश्वब्यापी महामारीले गर्दा नेपालको कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत हिस्सा राख्ने रेमिट्यान्स पनि खुम्चिसकेको छ ।

भनिन्छ,हरेक प्रकोप,महामारी, बिपतले चूनौती मात्र नथपेर अवसरहरु पनि प्रदान गरेको हुन्छ । कोरोना महामारीबाट नेपालजस्तो विकासोन्मुख देशलाई विभिन्न आयामहरुमा, विभिन्न किसिमका चूूनौतीहरु सिर्जना गरेको छ । यद्यपि यस महामारीलाई राज्यले अवसरको रुपमा बुझि प्रभावकारी कदमहरु चालेको खण्डमा नयाँ–नयाँ अवसरहरु सिर्जना हुने देखिन्छन् । कोरोनाका कारण खुम्चिएको, अझ खुम्चन सक्ने अर्थब्यवस्था,बेरोजगारी, खाद्यसंकट जस्ता समस्याहरु र भविष्यमा हुनसक्ने यस्ता किसिमका महामारी लगाएत प्राकृतिक प्रकोपहरुलाई मध्यनजर राखेर योजना,नीति तथा कार्यक्रमहरु ल्यायो भने नेपालले भविष्यमा हुनसक्ने सम्भावित प्रकोप, महामारीसँग सजिलै जुध्न सक्ने देखिन्छ । अतः यसका अवसरहरुलाई निम्न बुँदागत रुपमा उल्लेख गरिएको छ ।

१. जनचेतनामा वृद्धि :

नेपालमा कोरोना महामारीको संक्रमण फैलिन नदिनको लागि सरकारले गरेको बन्दाबन्दीमा नेपालीहरुले अनुशासित ढङ्गबाट पालना गरेको निर्देशन लगाएत सामाजिक दूरी, भौतिक दूरी कायम राख्नको लागि गरेको धैर्यताले पनि कोरोना कहर सँगसँगै आमनागरिकहरुमा स्वास्थ्यप्रतिको चेतनाको स्तर बढेको देखिन्छ । महामारीको समयमा हुनसक्ने खाद्यसंकटलाई टार्नको लागि देश स्वयम आत्मनिर्भर हुनुपर्नेमा पनि चेतनाको स्तर बढेको देखिन्छ । हात राम्रोसँग साबुन पानीले धुने, घरबाहिर हिड्दा अनिवार्य मास्क लगाएर हिड्ने, भिड–भाड भएको ठाउँमा नजाने, भिडभाड नगर्नेजस्ता स्वास्थ्य सम्बन्धि ज्ञानहरु बच्चादेखि वृद्धसम्म भएको देखिन्छ ।

सार्वजनिक सवारीमा सवारीको क्षमता भन्दा बढी यात्रु राख्ने, यात्रुहरु पनि भिडभाड भएपनि चढ्ने प्रवृत्तिमा पनि आगामी दिनहरुमा सुधार आउने देखिन्छ । रोजगारीको लागि भारत लगायत तेस्रो मुलुकमा गएका नेपालीहरुले रोजगारी गुमाउनु परेको लगाएत अनेकौ दुःख, पिडा,महामारीको कारण भारतबाट सयौं किलोमिटर पैदल समेत हिडेर नेपाल आएको परिघटनाले पनि युवाहरुमा रोजगारीका अवसरहरु नेपालको कृषि, पशुपालन, फलफूल ,जडिबुटी, खेती लगाएत स–साना घरेलु उद्योगमा खोज्ने देखिन्छ ।

२. कृषि क्षेत्रको ब्यवसायीकरण र आधुनिकिकरण :
नेपाल कृषिप्रधान देश भनेर पाठ्यपुस्तकहरुमा विधार्थीहरुलाई घोकाइरहँदा नेपालको कृषि ब्यवसायले फड्को मार्न सकेन । हरेक बजेट भाषणहरुमा कृषिक्षेत्रलाई प्राथामिकतामा राखिएको छ भनेर अर्थमन्त्रीले बोलिरहँदा कृषि क्षेत्रको विकासको अवस्था नेपालले गर्ने कृषि उपजहरुको आयातको तथ्याङ्कले पुष्टि गर्दछ । विगतमा नत राज्यले कृषि क्षेत्रलाई प्राथामिकतामा राख्यो,नत हामीले कृषिलाई पेशाको रुपमा सोचिँयो । जसले गर्दा रोजगारीको लागि नेपालबाट विदेश लाग्नेको लहर दिन–प्रतिदिन बढ्यो । कोरोना महामारीको कारणले गर्दा विश्वमा नै रोजगारका क्षेत्रहरु खुम्चिएका कारण १५ लाख नेपालीहरुले भारत लगाएत तेस्रो मुलुकहरुबाटरो जगार गुमाउने अनुमान गरिएको छ । यो जनशक्तिलाई कृषि उत्पादनसँग जोडियो भने कृषि क्षेत्रले काँचूूली फेर्ने सक्ने अपेक्षा गरिएको छ । नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सीपलाई पनि नेपाली भूूमिमा प्रयोग गर्न सक्यो भने अझ यो क्षेत्रले उल्लेखनिय भूूमिका निर्वाह खेल्ने देखिन्छ ।

नेपालमा स्थिर सरकार रहेको र तिनवटै सरकारहरु क्रियाशिल रहेको अवस्थामा यस क्षेत्रलाई अति संवेदनशिल ढङ्गले लियो भने यस क्षेत्रले अवश्य फड्को मार्ने निश्चित छ । यद्यपि कृषि क्षेत्रको विकासमा राज्यको नीति, योजना, बजेटको पनि महत्वपूूर्ण भूूमिका हुन्छ । साथै कृषि अनुसन्धान उन्नत बिउ–बिजन,भण्डारण, वितरण प्रणाली,लगायत आवश्यक पूूर्वाधारहरु सिञ्चाई, बिजुली,सडक,शितभण्डारणको पनि आवश्यक पर्छ । यसपालीको बजेटमा कृषिमा धेरै आशा गरिएपनि आंशिक रुपमा भएपनि राम्रा कार्यक्रमहरु जस्तैः भूूमि बैंकमार्फत जग्गा लिजमा दिने,प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना,पशुपालन र कृषिको २सय ५० वटा पकेट क्षेत्रको निर्धारण,२ सय खाद्यभण्डारण केन्द्रको निर्माण जसले किसान मार्फत समर्थन मूूल्यमा तोकिएका कृषि उपजहरु खरिद गर्ने र एक तहको प्रशोधन गरेर बिक्री गर्ने, ७६ कृषि थोकबजारको निर्माण ,किसान क्रेडिट कार्ड, एक स्थानीय निकायमा एक पशु र एक कृषि प्राविधिक जस्ता केहि राम्रा कार्यक्रम आएका छन् । अतः ती कार्यक्रमहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्यो भने यस क्षेत्रले केहि भएपनि ब्यवासायिकताको चरणमा प्रवेश गरि यस क्षेत्रबाट धेरैलाइ रोजगारी प्रदान गर्ने देखिन्छ ।

३. बिद्युतिय भुक्तानीमा प्रथामिकताः
नेपालमा डिजिटल पेयमेन्टको इतिहासलाई हेर्यो भने सन् १९९० मा पहिलोपटक नेपालमा क्रेडिट कार्डको शुरुआत भएको थियो । सन् २००२ मा पहिलोपटक कुमारी बैंकले ई–बैंकिङको शुरुआत गरेको थियो । अहिले नेपालमा १३ वटा पेयमेन्ट सर्भिस प्रोभाइडर छन् भने नौवटा पीएसओ (पेमेन्ट सर्भिस अपरेटर) सेवा राष्ट्र बैंकको अनुमतिबाट सञ्चालनमा छन् । यद्यपि डिजिटल कारोबार गर्ने प्रयोगकर्ताहरुको सङख्यामा उल्लेखनिय बृद्धि नभएको अवस्था छ । घरै बसी–बसी भुक्तानी गर्नसक्ने ब्यवस्था हँुदाहँुदै पनि खानेपानी, बिजुली, टेलिफोन लगाएतका बिलहरु भुक्तानीका लागि सम्बन्धित अफिसमा लाइन लाग्नै पर्ने हाम्रो मानसिकता थियो ।

कोरोना कहरको बन्दाबन्दीले आम मानिसमा बिद्युतिय मार्फतबाट भुक्तानी गर्दा समयको पनि बचत, भिडभाडमा लाईन बस्नु नपर्ने, विभिन्न सरुवा रोगहरुको संक्रमणबाट पनि बच्न सकिने, जोखिम नहुने धारणाको बिकास गरेको छ ।बन्दाबन्दीको समयमा नोटहरुबाट पनि भाइरस मानिसमा सर्ने भएकोले पहुंच भएका ब्याक्तिहरुले डिजिटल पेयमेन्टबाट कारोबार गरेको पाइयो । फलस्वरुप यो पिरियडमा डिजिटल पेमेन्टबाट कारोवार गर्नेको संङ्यामा ३ गुणामा बृद्धि भएको यो क्षेत्रका जानकारहरु बताउँछन । अतः अबका दिनहरुमा डिजिटल पेयमेन्ट सिस्टमको दायरालाई फराकिलो बनाई पान पसल, किराना पसल,लगाएत सार्वजनिक बस, टेक्सी लगाएत सार्वजनिक सेवाका शुल्कहरुको भुक्तानी पनि बिद्युतिय माध्यमबाट हुने ब्यवस्था हुनुपर्छ ।

नेपाल सरकारले पनि यसै आर्थिक वर्षदेखि नै नेशनल पेयमेन्ट गेटवे सञ्चालनमा ल्याउने, भुक्तानी कारोबारको लागत घटाउने, नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ । यसको साथै यस्ता संस्था सन्चालनका लागि नितिगत सरलता,साइवर सुरक्षा, ब्रोडब्यान्ड राजमार्गको ब्यबस्था गर्न सकेको खन्डमा नेपालको भुक्तानी प्रणालीलाई पूूर्णरुपमा डिजिटलाइज्ड गर्न सकिने सम्भावना देखिन्छ । डिजिटल पेयमेन्ट सिस्टमलाई विकास गर्नको लागि मोबाइल सेवाको विस्तार आवश्यक हुने भएकोले सरकारी निजी क्षेत्रका सेवा प्रदायकहरुलाई दुर्गम, बिकट बस्तिहरुमा उक्त सेवा पुर्याउन राज्यले पनि निर्देशन दिनु जरुरी देखिन्छ ।

४. सामाजिक रीति–रिवाज, धर्म, संस्कृति,परम्परा, मूल्य मान्यता :

नेपालको धर्म, संस्कृति, भेष–भूूषा, चाल–चलन रीति–रिवाज विश्वमा नै फरक तथा मौलिक छ । यहाँको भेष–भूषा, रितिरिवाज, चाल–चलन, चाडपर्वहरु देखेर संसारमै नलोभिने शायद बिरलै छन् । पछिल्लो चरणमा आधुनिकताको नाममा हाम्रा आफ्ना मौलिक संस्कृति, खानपिन, रहन–सहन, सामाजिक जनजीवनमा पश्चिमी संस्कृति हाबी भयो । हामी एक आपसमा भेट हुँदा गरिने शिष्ट नमस्कारलाई बिर्सिएर हातमिलाउने, एकआपसमा अंकमाल गर्ने,लगाएतका प्रचलन अंगाल्न पुग्यौ । अतःकोरोनाको महामारीले हामीलाई पुनः आफ्नै धरातलमा उभाएको छ । जसले गदापनि हाम्रो आफ्नै खानपान, संस्कृति ,शिष्टताले पुनः निरन्तरता पाउने देखिएको छ ।

५. स्वास्थ्य क्षेत्रको विकास :
नेपालको संविधान–२०७२ ले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुलाई मौलिक हकको रुपमा राखेको अवस्थामा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था शहर केन्द्रित, निम्न वर्गको पहुँच भन्दा टाढा, हुनेखाने वर्गको मात्र पहँुचमा रहेको छ । वैश्विक कोरोना महामारीलाई रोकथाम, उपचार तथा नियन्त्रण गर्नको लागि उपलब्ध स्वास्थ्य पुर्वाधारहरुस अस्पतालहरु, प्रयोगशाला, बेड सङख्या, भेन्टिलेटरको संख्याले पनि नेपालको सरकारको स्वास्थ्य सेवाको वास्तविक अवस्था पुष्टि हुन्छ । जनसङख्या बृद्धि सँग–संगै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूूर्वाधारहरुको विकास हुनुपर्नेमा देखिएन । जसलेगर्दा सरकारले स्वास्थ्य क्षेत्र पूूर्णरुपमा निजी क्षेत्रको कोल्टामा सुम्पे जस्तो देखियो । कोरोना महामारीले आक्रान्त बनाएको परिपेक्षमा कतिपय निजी स्तरका स्वास्थ्य संस्थाहरुले देखाएको दादागिरीले त राज्यले निजीक्षेत्रलाई लगाम लगाउन नसकेको जस्तो पनि देखियो ।

कोरोना संक्रमितहरु यही अनुपातमा बढ्दै जानेहो भने बिरामी राख्ने बेडहरुको समस्या नहोला भन्न सकिन्न । प्रयाप्त प्रयोगशालाहरु, पिसिआर मेशिन, लगायत परिक्षण किटको अभावले बिरामीहरुको परिक्षणको दायरा बढ्न नसकेको अवस्था छ । नेपालमा भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने बिरामीको संख्या त्यति छैन । यद्यपि यो अवस्था आयो भने भेन्टिलेटरको पनि अभाव हुने देखिन्छ । अतः यस्तो अवस्थालाई मध्यनजर गरि राज्यले स्वास्थ्य क्षेत्रको अवस्थालाइ सुधार गर्ने अवसरहरु प्रशस्त छन् । नेपालको एकमात्र प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बिस्तार लगायत सम्पूूर्ण प्रदेशहरुमा आधुनिक प्रयोगशालको निर्माण, सरुवा रोग सम्बन्धि छुट्टै अस्पतालको निर्माण गरिनुपर्ने ,विद्यमान अस्पतालहरुलाई स्तरोन्तर गर्ने, प्रत्येक पालिकाहरुमा कम्तीमा २० बेडका अस्पतालहरु निर्माण गर्न, उपलब्ध भेन्टिलेटरको संख्यामा बृद्धि गर्ने, स्वास्थ्यसँग सम्बन्धित जनशक्ति उत्पादनको लागि शुल्क सर्वसुलभ गराई यस क्षेत्रको विकास गर्ने अवसर जुरेको छ ।

६. विविध :
यसबाहेक शिक्षाको क्षेत्रमा पनि कोरोना महामारी पछि एक किसिमको नयाँ आयाम थपिदिएको छ । भौतिक उपस्थिति बिना बालबालिकाहरु, कलेजका विद्यार्थीहरु घरको चार दिवार भित्र भर्चुअल कक्षाहरु लिएको अवस्था छ । यसले आगामी दिनहरुमा इन्टरनेटको पहँुच भएका ठाउहरुमा भौतिक पूूर्वाधार बिना पनि अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने मार्गदर्शन प्रदान गरेको छ ।
कतिपय कार्यालयका कामहरु घरबाटै भएको अवस्था छ भने सेमिनार, मिटिङ जस्ता कार्यहरु बन्दाबन्दीको समयमा भर्चुअलमाध्यमबाट आ–आफनो घरबाट भएका छन् ।

जसले गर्दा भविष्यमा पनि सेमिनार, गोष्टी, मिटिङको लागि भौतिक उपस्थिति बिना कम खर्चमा, छिटो छरितो तरिकाले गर्नसक्ने अवसरहरु पनि जुराएको छ । बन्दाबन्दीको समययमा खासगरी शहरी क्षेत्रमा किनमेल गर्ने तरिकामा पनि परिवर्तन आएको छ । घरबाटै अनलाइन माध्यमहरुमा सामानहरु किन्ने पवृृत्तिमा बढोत्तरी आएको कारणले पनि भविष्यमा अनलाइन पसलहरुको तिब्र विकास हुने सम्भावना देखिन्छ । विभिन्न सहकारी संस्थाहरुले कृषि एम्बुलेन्स मार्फत घर दैलोमा तरकारी पुर्याएको अवस्थाले पनि भोलिका दिनहरुमा कृषि पजहरुलाई सहकारीमार्फत अथवा अनलाइन स्टोर्सबाट बिक्री वितरण गर्न सकिने अवसरपनि सिर्जना भएको छ ।

नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढीरहेको छ । राज्यका तिनवटै सरकार यसको नियन्त्रण, रोकथाम, उपचारमा लागेका छन् । तर, यसको प्रभावकारिताको प्रश्न आमरुपमा उठिरहेको छ । कता–कता तिनवटै सरकारहरु बीच समन्वय नदेखिए जस्तो पनि देखिन्छ । संक्रमणको संख्या तिब्र गतिमा बढ्यो भने बेडहरु,भेन्टिलेटर, स्वास्थ्यकर्मीहरुको अभाव हुने सम्भावना पनि छ । यस्तो अवस्थामा सरकारले निजी क्षेत्रसँग रहेको स्वास्थ्य सम्बन्धि पूूर्वाधार लगाएत जनशक्तिलाई पनि उपयोग गर्ने ब्यवस्था गर्नुपर्ने देखिन्छ । सरकार स्वास्थ्य सामाग्रीको समयमा जोहो गर्न चुकेको देखिन्छ । जसले गर्दा पिसिआर परिक्षणको दायरा बढ्न सकेन । सरकारले बितरण गरेको राहत कार्यक्रम पनि प्रभावकारी नभएको भन्दै गर्दा राज्यसँग गरिव ब्यक्तिहरुको पहिचान तथा सहि तथ्यांक नहुनु पनि हो । अतः राज्यले आगामी दिनहरुमा बिपन्न वर्गहरुको तथ्यांक अद्यावधिक गर्ने, अनिवार्य बैंकमा खाता खोल्न लगाउने जस्ता कार्यहरु गर्नुपर्ने देखिन्छ ।

अन्तमा राज्यले तत्कालको समस्यालाई अर्जुनदृष्टि लगाएर सम्बोधन गर्दै यसबाट सिर्जना हुन सक्ने अवसरहरुलाई उपयोग गर्दे खुम्चिएका आर्थिक क्षेत्रहरु,सांघुरिएका रोजगारीहरुलाई बिस्तारै बढोत्तरी गर्दै लैजानुपर्ने देखिन्छ । साथै राज्यले पनि कोरोना महामारीबाट पृष्टपोषण लिदै भविष्यमा हुनसक्ने यस्ता किसिमका प्रकोप, महामारीसँग जुध्ने सामथ्र्यको विकास गर्नुपर्ने हुन्छ ।