फागुन २६,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा अज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणबाट देवदह ५ का अन्दाजी २० वर्षिय अमिस पुरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनलाई अज्ञात समूूहले आक्रमण गरेको देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरिक्षक भरत थापाले बताए । आक्रमणबाट गम्भिर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
मृतक पुरीसँगै रहेका साथी भने सकुशल रहेका छन् । साँझ करिब ८ बजे ठूूलो संख्यामा आएको एक समुहले उनलाई आक्रमण गरेको हो । तर,प्रहरीले भने ज्ञात वा अज्ञात समूह भन्ने पुष्टि गरेको छैन ।
घटना स्थल पुुगेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिल बहादुर मल्लले घटनाको पुष्टि गर्दै हत्या भएको वा दुर्घटना भएको हो भन्ने बिषयमा अनुसन्धान भई रहेको बताए ।
प्रतिक्रिया