ताजा अपडेट »

अर्घाखाँचीमा ८० लाखको परियोजनाबाट कृषकलाई कृषि सामग्री

मंगलबार, २७ जेठ २०७७

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका-३ का कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत गाँउपालकिाको खिदिम फर्सवाटाकुरा वाँक्लीफाट धान ब्लकका कृषकहरुलाई बिभिन्न कृषि सामग्रीहरु वितरण गरिएको हो । ८० लाखको परियोजना अन्तर्गत कृषिमा गाँउपालिकाकै पहिलो नमूना कार्यक्रम मानिएको सो कार्यक्रममा ५० प्रतिसत अनुदानमा २४ वटा हाते ट्याक्टर, २ वटा धान काट्ने मेसिन, २ वटा पङ्खा, २ सय थान त्रिपाल, सय थान फरुवा लगायत रासायनिक मल, बिउ बिजन, किटनासक औषधी तथा अन्य कृषि सामाग्री गरिएको ब्लकका संयोजक वसन्त केसीले जानकारी गराए।

सामाजिक दुरी कायम गरि आयोजित सामग्री वितरण कार्यक्रममा कृषि सामाग्रीको सहि सदुपयोग गरि उत्पादनमा लाग्न आग्रअ गर्दै गाँउपालिका अध्यक्ष अच्युत गौतमले कृषकलाई सामाग्री हस्तान्तरण गरेका थिए । गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, वाड नम्बर ३ का अध्यक्ष देबी बहादुर क्षेत्रीलगायतको संयुक्त उपस्थितीमा सामाग्री वितरण गरिएको थियो । सो कार्यक्रमकबाट ५ सय बढि कृषकहरु लाभान्वित हुने अपेक्षा गरिएको ब्लकका सह संयोजक हरी प्रसाद बञ्जाडेले बताए । ब्लक सचिव होम बहादुर घर्तीको संचालनमा सामाग्री वितरण कार्यक्रम भएको थियो ।