ताजा अपडेट »

इथियोपिया विमान दुर्घटनामा नेपालीको पनि मृत्यु

आइतबार, २६ फागुन २०७५

फागुन २६,

इथियोपिया । आइतबार विहान दुर्घटनाग्रस्त विमानमा ३५ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ । जसमा एक नेपालीको पनि मृत्यु भएको एयरलाइनसले जनाएको छ ।

विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको बताइएको छ । इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ ।

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । एक जनाको राष्ट्रसंघको पासपोर्ट भएको पनि विमान कम्पनीले बताएको छ ।

कम्पनीले विमानमा सवार चालकदलका सदस्यसहित सम्पूर्ण १५७ जनाको मृत्यु भएको यस अघि नै पुष्टि गरिसकेको छ ।-एजेन्सी