ताजा अपडेट »

सोनाक्षीले बबी देओललाई जुरुक्कै उठाइन्…

आइतबार, २६ फागुन २०७५

फाुगन २६,

बलिउडका अभिनेत्रीहरुमध्ये सोनाक्षी सिन्हा आफ्ना फरक अभिनय शैलीको कारण चर्चित छिन् । खासगरी, परम्परागत अभिनेत्रीहरुले जस्तो विशुद्ध महिलाले मात्रै गर्ने खालको अभिनयभन्दा पनि ‘मर्दानी’ अर्थात् अभिनेताहरुले गर्ने खालका दृश्यहरुमा उनी बढी जम्ने गर्छिन् ।

हालसालै मात्रै अभिनेत्री हुमा कुरैशीले आयोजना गरेको एक पार्टीमा सोनाक्षीले त्यस्तै क्रियाकलाप गरेर चर्चामा आएकी छिन् । गत शुक्रबार नारी दिवसको अवसरमा आयोजित उक्त पार्टीमा प्रियंका चोपडा, अक्षयकुमार, ट्विंकल खन्ना, मलाइका अरोडा, सोनाक्षी सिन्हा र बबी देओल समेत आमन्त्रित थिए ।

त्यस पार्टीमा सामेल हुन बबी देओल जसै आइपुगे, सोनाक्षीले उनलाई अंकमाल गरिन् । त्यसपछि उनले देओललाई कम्मरमा समातेर जुरुक्कै हावामा उठाइन् । उनको त्यो पहलमानी देखेर पार्टीमा उपस्थित सबैजना चकित र रोमान्चित बनेका थिए ।
-एजेन्सी