ताजा अपडेट »

बिग्रँदो समाज , बलात्कारको जोखिममा बालिका

आइतबार, २६ फागुन २०७५

फागुन २६,
अर्घखाँची । श्रीमानले १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको भन्दै पत्निले माघ २२ गते प्रहरी कार्यालय सन्धिखर्कमा जाहेरी दिइन् । शीतगंगा नगरपालिका–६ जुकेनाका ४२ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी हाडनाता करणीमा अदालतमा मुद्दा दर्ता गरेको छ । अदालतबाट आदेश आइसकेको छैन ।


बाबुबाट बलात्कृत भएपछि बालिकाले हजुरबाको मोवाइलबाट आमालाई फोन गरिन् । घरमा आइपुग्दा छोरी विरामी अवस्थामा भेटेको प्रहरीको जाहेरीमा आमाले उल्लेख गरिन । छोरीलाई बलात्कार गरेपछि बाबु भागेका थिए । श्रीमती आफन्तकहा“ गएको मौका छोपी वावुले मध्यरातमा छोरीलाई करणी गरेको थिए । घरको आर्थिक अवस्था कमजोरीले काममा हिड्नु पर्दा आठ महिनाको बच्चा गर्भपतन गराएको पनि उनले लेखेकी छिन् ।


५ वर्षीय बालिकालाई ६५ वर्षीय आफनै हजुरबाबाट बलात्कृत भएको खबर थाहा पाएपछि प्रहरीले शुक्रवार सन्धिखर्क नगरपालिका–१३ बस्ने वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थुनामा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनायो । मदिराले मात्तिएका उनले सुतिरहेकी नातिनीस“ग जबरजस्ती करणी गरेको खुल्न आएको छ ।


आप्mनी १२ वर्षीय छोरी बलात्कृत भएको सुचना आमाबाट प्रहरी कहा“ आयो । बिहीबार प्रहरीले प्युठानको मल्लरानी गाउ“पालिका–२ सिउतेका ६८ वर्षीय डण्डे सुनारलाई अर्घाखा“चीको भूमीबाट पक्राउ गरी प्युठान प्रहरीलाई बुझायो । उनले बालिकालाई चाउचाउ किन्ने पैसा दिएर महिनौ देखि जबरजस्ती करणी गर्दै आएको बालिका रक्तश्रावका कारण विरामी परेपछि घटना बाहिर भएको हो ।

आफन्तबाटै बालिका बलात्कृत भएका यी प्रतिनिधि पात्रा मात्रै हुन । घटना अनौठा र अपत्यारिला छन । कतिपय जन्मदिने बाबु र हजुरबाबाटै बलात्कृत भएका छन भने कतिपय आफन्त र केही चिनजानपछि प्रलोभनमा परेर, कोही जबरजस्ती । बालवालिकाको लागि आफनै जन्मदिने बाबु, हजुरबाको काख र घर नै असुरक्षित भएको छ । कतिपय दाजुबाट बहिनी र नातेदारबाट असुरक्षित हुनु चिन्ताको विषय बनेको छ । सुरक्षित मानिएको घर नै असुरक्षित भएपछि बालिका बचाउन कठिन भएको छ ।


बालिका माथि आँखा


बालिका बलात्कारलाई अपराधको रुपमा लिइन्छ । ५ वर्षको अवधिमा जिल्लामा २९ महिला बलाकृत भए । जसमा धेरै बालवालिका छन । २०७१/०७२ मा २ जना, ०७२ देखि ७४ सम्म ६ जना, ०७४/०७५ मा १५ जना र आर्थिक वर्ष असार देखि फागुन २ गतेसम्म ६ जना बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन । २०७१ देखि ०७५ माघ मसान्तसम्म १० वटा घटना जबरजस्ती करणी उद्योगमा दर्ता भएका छन । प्रहरीकहा“ नआई मिलापत्र गर्ने घटना पनि छन ।


पछिल्लो समय बलात्कारका घट्ना बढदै गएको प्रहरी प्रमुख नवराज मल्लले बताए । घटना घटेको थाहा पाउनसाथ आपराधिक गतिविधि गर्नेलाई पक्राउ गरी कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाइरहेको उनले बताए । बलात्कार जस्तो जघन्य अपराध बढनु चिन्ताको विषय भएको छ, उनले भने ।


अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रतिनिधि नारायण भुसालले जुन घर, बाबु, हजुरबा, नातेदार सुरक्षित मानिन्छन्, त्यही ठा“उ र मान्छे नै असुरक्षित भएपछि बालिका कहा“ जाने ? कसरी जोगिने ? हाम्रो समाज कता जा“दैछ ? यो निकै गंभिर र चिन्ताको विषय भएको बताए । ५ देखि १५ वर्षसम्मका बालिका बलात्कृत भएको उनले बताए । यो संख्या बढदो छ । ‘बावु, हजुरबा र नेतादारबाट बालिका बलात्कृत भएका छन,’ उनले भने, ‘यसले सुरक्षित छैनन् भन्ने देखाउ“छ ।’ प्रहरीले जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाएपनि अदालतले मुद्धा फैसला गर्न ढिलाई गरेका कारण पीडित पक्षले न्याय पाउन लामो समय पर्खिनु परेको उनले बताए ।


‘आपराधिक गतिविधिलाई न्युनिकरण गर्नु आवश्यक छ, यसको लागि सचेतना कार्यक्रम चाहिन्छ,’ उनले भने, ‘स्वयत्ता अधिकार सहितको स्थानीय सरकार छ । अब बजेट छुट्टाएर चेतनामुलक अभियान सञ्चालन गर्नुपर्छ ।’ समाजलाई सुधार्न स्थानीय तह जिम्मेवार हुनुपर्छ । बलात्कारका घटनासम्बन्धी कानून बनाउन सक्ने अधिकार छ तर, यसप्रति जनप्रतिनिधिले न बजेट छुट्टाएर कार्यक्रम ल्याए, न कानून नै ल्याए, उनले भने । बालिकालाई प्रतिकार गर्न प्रशिक्षण दिनुपर्ने भएको छ ।


घटनाको प्रकृति
प्रहरी निरीक्षक गंभिरजंग थापाले हालै भएका हजुरबाले नातिनी र बाबुले छोरीलाई गरेको करणीमा मदिराको मात भएको बताए । दुवै जनाले सधै मदिरा खाने भएकाले बलात्कार गर्दाको बेलुका पनि मदिराले मात्तिएको खुल्न आएको उनले बताए । कार्तिकमा भएको एउटा घटनामा १८ वर्षीय दाजुले आफनै ५ वर्षीय बहिनीलाई सुन्तला खान जाम भन्दै फकाएर लगी जबरजस्ती करणी गरेका थिए । बढी मदिरा सेवन गरी छोरी, नातिनी र नातेदारलाई बलात्कार गर्ने काम भएको छ । हाडनाता नजोडिएका तर, चिनजानपछि पैसा, खानेकुरा, सरसामान र अनेक तरिकाले फकाएरै करणी भैरहेको थापाले बताए । साना बालिकालाई यौनजन्य कुरामा परिपक्क नभएकोले प्रतिकार नगर्ने भएकाले निशानामा परेका छन ।


बिग्रदो समाज
महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष जानका बञ्जाडेले आफनै घर, हाडनाता र छिमेकमा नै सुरक्षा नहुनु दुःखद भएको बताइन् । हामी सभ्य समाजको परिकल्पना गरेका छौं, यस्ता बढ्दो घटनाले समाजलाई सभ्य बनाउ“दैन, उनले भनिन । कानूनमै कडा सजाय बनाएर कारबाही गर्नुपर्ने उनले बताइन ।


हाडनातलाई ७ पुस्तासम्म तानै मानिन्छ । छोरीले केही गर्दैनन्, भन्दैनन् भन्ने पितृसत्तात्मक सोचका कारण बालिका र महिला असुरक्षित बनेको अधिवक्ता पवित्रा बञ्जाडेले बताइन । घटना विस्तारै बाहिर आउन लागेका छन । घर र समाजमा भैरहने बलात्कारका घटनाले नरकात्मक सन्देश दिएको र गलत बाटोमा समाज गइरहेको उनले बताइन । आपराधी कानूनी दायरामा आएपछि सजाय त ठीकै छ तर, कारवाहीबाट उम्केपछि फेरी उही घटना दोहो¥याउने प्रवृत्तिले पूर्ण रुपमा सुरक्षित नभएको उनले बताइन् ।


जघन्य अपराधका घटनामा राजनीति रंग देखापर्छन । अपराध गरेको छ, भने उसलाई त कानूनी कारवाही गरेर सुधार गर्नुपर्ने हो । यहा“ त घटना कस्तो घट्यो, करवाही के हुन्छ भन्दापनि मेरो पाटीको हो कि हैन, यसले पाटीमा योगदान के पु¥यायो, भोली के गर्न सक्छ भन्ने पाटीका नेताबाट हेरिन्छ, यसले समाजलाई गलत बाटोमा लग्दैछ, उनले भनिन् ।


कानून मिच्ने र आफनो कार्यकर्तालाई अनेक तरिका अपनाएर कसरी उम्क्याउने भन्ने गतल बाटो नेताले छाडनुपर्ने उनले बताइन । नागरिकलाई कानूनी राज्यको प्रत्याभूति दिलाउन राजनीतिक दलले अहम भूमिका खोल्नुपर्छ । आफनो पाटीको भए अपराधबाट जोगाउने र विपरित दलको भए विरोध गर्ने प्रवृत्तिले समाजमा अपराधी खुला रुपमा हिडने र जघन्य अपराधका घटना रोकिदैनन्, उनले भनिन ।


स्थानीय तहमा नगर उपप्रमुख र गापा उपाध्यक्षको संयोेजकमा तीन सदस्यीय न्यायीक समिति गठन भएका छन । पाणिणि गाउ“पालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लक्ष्मी गौतमले यस सम्बन्धी छलफल गरेर कानून निर्मँणको प्रक्रियामा रहेको बताइन । उनले बलात्कार र महिला हिंसा सम्बन्धी गाउ“–गाउ“ र स्कुलमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताइन् ।-बुद्धभूमि