ताजा अपडेट »

सीके राउतसँगको सहमतिबारे गृहमन्त्रीको खुलासा

आइतबार, २६ फागुन २०७५

फागुन २६,
काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने कुरा भ्रामक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सहमतिका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सहमतिमा जनमत संग्रहको कुरै नगरिएको बताए ।

गृहमन्त्री थापाले संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउनका लागि जनमत संग्रह गर्ने अधिकार नै नदिएको भन्दै उनले जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने भ्रम नछर्न आग्रह समेत गरे ।

उनले सीके राउत नेतृत्वको गठबन्धन नेपालको संविधान र सार्वभौमिकता स्वीकार गरेर सहमतिमा आएको उनले दावी गरे ।

सरकारलाई धोका दिन गठबन्धनले सरकारसँग सहमति गरेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले कसैलाई धोका दिनका लागि सहमति नगरिएको बताए ।

‘सराकार र गठबन्धनले एकअर्कालाई धोका दिने भन्ने चर्चा पनि छ ।’ उनले भने, ‘सरकारलाई धोका दिन खोजे उनीहरु समाप्त हुन्छन् ।’ -काठमाण्डु टुडे