फागुन २६,
काठमाण्डौ ।
स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ खुलेको छ। कम्पनीले २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो ।
कम्पनीले ४ हजार १४८ कित्ता कर्मचारीलाई र १३ हजार ४८२ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । आइपीओका लागि सी–आस्वा र मेरो शेयरबाट आवेदन दिनुपर्नेछ ।
बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । यस आइपीओमा फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आइपीओ बिक्रीबाट आउने रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्ने भएको छ । यस्तै, खुद्रा व्यापार तथा सेवा कर्जामा ४० लाख र साना तथा घरेलु उद्योग कर्जामा २९ लाख ६३ हजार रुपैयाँ उपयोग गर्ने जनाएको छ । यस लघुवित्तले आइपीओ बिक्री गरी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउनेछ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्पर्शले ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ४२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण रहेको छ ।
पोखरा महानगरपालिका २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्था २०७३ फागुन ४ गते कम्पनी पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । यस लघुवित्तले कास्की, लमजुङ्ग, तनहुँ, बाग्लुङ्ग, म्याग्दी, नवलपरासी, पर्वत, गुल्मी अर्धाखाँची, गोर्खामा वित्तीय कारोबार गर्न अनुमति पाएको छ ।
प्रतिक्रिया