ताजा अपडेट »

मेयर चढेको विमान खस्यो, १२ जनाको मृत्यु

आइतबार, २६ फागुन २०७५

फागुन २६,

कोलम्बियामा शनिवार राति विमान दुर्घटनामा परि विमान चालकसहित १२ जनाको मृत्यु भएको छ । कोलम्बियाका नागरिक सुरक्षा आपत सेवाले ट्विट गर्दै दुर्घटनाको जानकारी दिएको छ । कोलम्बिया सरकारको अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य पूर्व क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

विमान सान जोश देल गुआवियारे र विल्लाविन्सेसियोको लागि उडान भरिरहेको जनाइएको छ । दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र को–चालक, एक उड्डयनविदलगायतको मृत्यु भएको छ ।

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन् । कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो ।- एजेन्सी