ताजा अपडेट »

सकियो निःशुल्क स्वास्थ्य शिविर , ५ सय ९८ जना लाभान्वित

आइतबार, २६ फागुन २०७५


फागुन २६,
ग्लोबल आवाज
बुटवल । रोटरी क्लब अफ बुटवलको अगुवाइमा सैनामैना नगरपालिका स्थित पर्रोहा पर्मेश्वर आधारभूत विद्यालय बर्मडाँडा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ९८ जना लाभान्वित भएका छन् ।
शुक्रवार र शनिवार गरी दुई दिन सम्म संचालन भएको उक्त शिविरमा दोस्रो दिनमा सनिवार थाइराइड २७८ जना तथा मधुमेह रोग परीक्षण गराउनेको पहिलो दिन ४४१ र आज थप १५७ गरि दुई दिनमा जम्मा ५९८जनाले निशुल्क स्वास्थ्य परीक्षण गरिएको क्लबले जनाएको छ ।


कार्यक्रमा नेपाल क्यान्सर सपोर्ट ग्रपका उपाध्यक्ष दिलिप भट्टराई तथा काठमाडौ थाइराइड तथा डाइबिटिज सेन्टर प्रा.लि.का वरिष्ठ चिकित्सक डा. अम्शु माली जोशी शिविरको महत्वको विषयमा चर्चा गरेका थिए । क्लबका अध्यक्ष डा नारायण प्रसाद पन्थले शिविर स्थलमा बसेको क्लबको १२५० औ नियमित वैठकले थाइराइड तथा डाइबिटिज सेन्टर प्रा.लि.का वरिष्ठ चिकित्सक डा. अम्शु माली जोशी लगायत १० जनाको चिकित्सकको टिमलाई धन्यवाद गरेको जानकारी दिए ।


वैठकले रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष खुशीराम चौधरी , रोट्याक्ट क्लब अफ बुटवल, रोट्याक्ट क्लब अफ क्षितिज, लुम्विनी वाणिज्य क्याम्पस, सैनामैना , आर सिसि भाटा लगायत स्थानीय सहयोगी सस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ । रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष रो. हुतानन्द खनाल ले निशुल्क थाइराइड परीक्षणको सौजन्य सहयोग उपलब्ध गराइ अनुकरणीय कार्यको सुरुवात गरेको भन्दै धन्यवाद दिईएको छ।