बुटवल । पश्चिम रुकुम चौरजहारी नगरपालिका ८ मा भएको घटनाप्रति ऐक्यवद्धता जनाउदै लुम्बिनी चलचित्र कलाकर्मी संघ प्रदेश ५ ले दोषी माथी कारवाहीको माग गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रम गर्दै संघले उक्त घटनाको विरोध जनाउदै दोषीमाथी कारवाहीको माग गरेको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार, साहित्यकार तथा समालोचक दिपक विश्वकर्माले जातीय आधारमा कथित उपल्लो जातसँग प्रेम गरेको कारणले एउटा दलित व्यक्तिको हत्या गर्नु र प्रेम जस्तो पवित्र कार्य गर्न समेत वन्चित बनाए बताउँदै उक्त काण्डमा संलग्न सबैलाई कारबाही गर्न माग गरे । नेपाल चलचित्र निर्माता संघका केन्द्रिय सदस्य तथा अधिवक्ता मनोज श्रेष्ठले रुकुम काण्डका हत्याराहरु उम्कन पाउन नहुने भन्दै दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने बताए ।
यस्तै संघका सदस्य तिलक नेपालीले दलित भएकै आधारमा कहिले सम्म दलितहरुले यसरी हत्या भई भेरीमा बग्नुपर्ने हो भन्दै प्रश्न गरे । संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु भट्टराईले गरेका थिए ।
प्रतिक्रिया