ताजा अपडेट »

महाराष्ट्र सरकारको अनुमतिपछि फिल्मको छायांकन सुरु

मंगलबार, २० जेठ २०७७

मुम्बई । भारतको महाराष्ट्र सरकारले फिल्मको छायांकनको लागि अनुमति दिएको छ । विशेष सुरक्षा अपनाएर त्यहाँको सरकारले यहि सातादेखि अनुमति यस्तो दिएको हो । केहि दिनअघि मात्र अभिनेता अक्षय कुमार, अमिताभ बच्चनलगायतले विभिन्न छायांकन गरेका थिए ।

महाराष्ट्र राज्य सरकारका अनुसार कुनै पनि छायांकन गर्दा सेटमा ३३ जनाभन्दा बढी व्यक्त सहभागी हुन पाइने छैन । सुटिङको लागि महाराष्ट्र सरकारले १६ पेज लामो नियम पुस्तिका बनाएको छ । सो पुस्तिकाअनुसार छायांकनको समयमा मास्क लगाउनुपर्ने, छायांकन सेटमा डाक्टर र नर्स अनिवार्य हुनुपर्ने, छायांकन सेटमा सामाजिक दूरी कायम गर्नुपर्ने, छायांकनको समयमा भिड जम्मा गर्न नपाइने, मेकअप म्यानले पीपीई लगाएर मात्रै मेकअप गर्न पाउने, गर्भवती कलाकारलाई छायांकनमा ल्याउन नपाइने नियम छ ।

यस्तै, ६५ वर्षभन्दा माथिका कलाकार वा अन्य क्रु सदस्यलाई छायांकनमा काम गराउने नपाइने, रुघा, खोकी, ज्वरो आएकालाई सुटिङमा राख्न नपाइनेजस्ता थुप्रै नियमहरू रहेका छन् । सुटिङका लागि निर्माताहरूले महाराष्ट्र फिल्म, थिएटर, कल्चरल डेभलपमेन्ट कर्पोरेसन, दादा साहेब फाल्के चित्र नगरीका साथै मुम्बई बाहिर छायांकनका लागि जिल्ला कलेक्टरको अफिसमा आवेदन दिएर अनुमित लिएपछि मात्र तोकिएको ठाउँमा छायांकन गर्न पाउनेछन् ।