ताजा अपडेट »

विश्वभर २४ घण्टामा १ लाख २४ हजार नयाँ कोरोना संक्रमित

आइतबार, १८ जेठ २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण उच्च रहेको छ ।

कोरोनाबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा १ लाख २४ हजार १ सय ३ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ८४ जनाको मृत्यु भएको छ ।विश्वभर कोरोनाबाट हालसम्म ६१ लाख ५० हजार संक्रमित छन् भने ३ लाख ७० हजारको मृत्यु भएको छ । २७ लाख उपचारपछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा प्रभावित देश अमेरिका हो ।