फागुन २५,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिशेष सम्बोधन गर्दैछन्।नेकपा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा हुने आमसभामा नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्न लागेका हुन्। पार्टी एकतापछि प्रदेश २ मा पहिलो पटक सभा हुन लागेको हो।
कार्यक्रमका लागि सबै तयारी पूरा भैसकेको नेकपाका २ नं प्रदेश अध्यक्ष प्रभु साहले जानकारी दिए । कार्यक्रमस्थलमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ। त्यसका लागि काठमाडौबाट थप सुरक्षाकर्मी रौतहट पुगेको छ ।
प्रतिक्रिया