इटली । कोरोना महामारीको कारण रोकिएको इटालीको शिर्ष फुटबल लिग सिरी 'ए' जुन २० देखि सुरु हुने भएको छ । इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएका हुन् ।
कोरोना भाइरस महामारीङ्का कारण ९ मार्च देखि सिरी ए का खेलहरु स्थगित छन् । सिरी एका क्लबका खेलाडीहरुले यसै महिनाको सुरुवातमा खेलाडी व्यक्तिगत प्रशिक्षण शुरु गरिसकेका छन् । २० मे मा इटालीको फुटबल महासंघले २० अगष्टमा सिरी ए सक्ने गरी नयाँ समयसीमा निर्धारण गरेको थियो ।
सिरी एमा युभेन्ट्स ६३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लाजियोसंग एक अंक कम रहेको छ । इन्टरमिलान ५४ अंक सहित तेस्रो स्थानमा रहेको छ । युरोपको शीर्ष पाँच लिगमध्ये प्रिमियर लिग १७ जुन देखि शुरु गर्ने तयारी छ ।
प्रतिक्रिया