ताजा अपडेट »

अर्ना लोकदोहोरी गीत प्रतियोगिता : चार समूह सेमीफाइनलमा

शुक्रबार, २४ फागुन २०७५

फागुन २४,
ग्लोबल आवाज
बुटवल । जारी पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको उपाधिका लागि चार समूह सेमीफाइनलमा प्रवेश गरेका छन् । आज शुक्रबार भएको प्रतिष्पर्धामा गण्डकी प्रदेशका जीवन सिग्देललाई पराजित गर्दै रोल्पा कलाकार समाजका भीम पौडेल सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै धादिङ बेनीघाट रोराङ गाउँपालिकाकी अस्मिता डि.सीलाई पटि पार्दै नगरकोट दोहोरी साँझका राजु के.सी पनि सेमीफाइनलमा प्रवेश गरेका छन् ।

नगरकोट दोहोरीकै मिना बुढाथोकी र प्रकाश पराजुली वीच भएको प्रतिष्पर्धामा प्रकाश पराजुली र गण्डकी दोहोरी साँझकी शर्मिला बि.सी र नगरकोटा दोहोरीका रविन लामीछानेवीच भएको प्रतिष्पर्धामा रविन लामीछाने सेमीफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार विजयी भएका चारै समूहवीच शनिबार सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुने दोहोरी गीत प्रतियोगिता संयोजक प्रचण्ड जि.सी.ले बताए । प्रतियोगिताको शनिबार नै विशेष समारोहका बीच सामाजिक विकास मन्त्री माननीय सुर्दशन बरालको प्रमुख आतिथ्यतामा समापन हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख बिस हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई ३५ हजार रूपैया पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट गायक गायिकालाई जनही १५ हजार रूपैया पनि प्रदान गरिने आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान,नेपालका अध्यक्ष बद्री पंगेनीले बताए ।