ताजा अपडेट »

गणतन्त्र र मेरो दृष्टिकोण

विहीबार, १५ जेठ २०७७


नेपालमा लामो समय देखि चलेको १० वर्षे महान जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलन मार्फत सामान्ती निरकुश राजतन्त्रको अन्त्य भयो । राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन महान जनयुद्धमा तत्कालिन विद्रोही माआवादी र राज्य पक्ष बाट धेरै मान्छेहरुले आफ्नो भौतिक शरिर गुमाएका थिए । कैयौ अङ्गभङ्ग वेपत्ता भएका छन् ।

के नेपालमा वास्तविक गणतन्त्र आएको छ ? यो समिक्षाको विषय बनेको छ । सायद म महान जनयुद्धमा प्रत्यक्ष सहभागी भएको नाताले हामी जस्ता कैयौ स्कुलले जिवनमा कलम कापी समाएर स्कुल जादै गरेका कैयौ गरिब किसान मजदुरहरुले बन्दुक समाएर एउटा वंशको एकतन्त्रीय शाह वंशको अन्त्य गर्न देशमा न्याय समता र गाँस बाँस कपाँस लगायतका वैज्ञानिक व्यवहारिक शिक्षा र स्वास्थ्यको सुविधा प्राप्त गर्न हामी जस्ता युवाहरु बन्दुक समातेर लडियो । तर आज देशमा गणतन्त्र त आयो वास्तविक गरिब किसान र मजदुरको घरमा गणतन्त्रको महशुस भएको छैन । आज एउटा राजाको अन्त्य र त भयो कैयौ उलिय राजाहरुकमो उदय भएको छ । आज देशमा समानुपातिक र समावेशिता नाममा नेताहरु श्रीमती छोरा र नातेदार र चाकडी र चापुसि गर्नेहरु सांसद र राजनितिक नियुक्तिलिई रहेका छन् । आज देशमा महङ्गी बढेको छ । गरिबहरुको ढाड सेक्ने काम भएको छ । के देशमा गणतन्त्र ल्याउन हामी यसका लागी लडेको हो ? यहाँ प्रश्न बाचक चिन्ह खडा भएको छ ?

देशमा अहिले कैयौ युवाहरु विदेशका गल्लीमा आफ्नो पसिना बगाएका छन् । निकै कम मुल्यमा श्रम बेच्न बाध्य छन् । देशमा बेरोजगारी बढ्दो छ । देशमा शान्ति सम्झौता १२ बुदे दिल्ली सम्झौता हुदै देशमा गणतन्त्र घोषणा भएको हो यतिका वर्ष सम्म सत्यनिरुपण तथा वेपत्ता आयोगले अहिलेसम्म वेपत्ता नागरिक सम्बन्धि सिन्को समेत भाच्न सकेको छैन तत्कालिन शान्ति सम्झौता पछि माओवादी क्यान्टोमेन्ट ब्याट अनमिले निकालेका करिब ४ हजार युवाहरुलाई अयोग्यको विल्ला लगाएर निकालियो । अहिलेसम्म अयोग्य लडाकुहरुको कुनै व्यवस्था हुन सकेको छैन ? विडम्बना नै भन्नुपर्छ अहिले नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार छ । घाईते अपाङ्ग वेपत्ता नागरिक अयोग्य लडाकुको र अन्य स्वच्छिक अवकाश लिएका लडाकुहरुको बिचल्ली हुदा राज्य मुक दर्शक छ । अहिलेको दुईतिहाई नजिक रहेको तत्कालिन जनयुद्धका नेताहरु समेत वर्तमान सरकारमा छन । यस बारेमा ध्यान दिन जरुरी छ । तवमात्र युद्धका घाँउहरु केही हद सम्म मलाम लाग्ने छ तवमात्र देशमा थोरै भएपनि गणतन्त्रको महशुस म जस्ता गणतन्त्र ल्याउन लडेका युवाहरुले महशुस गर्ने छौ ।

आज देशमा अधिकार बढी प्राप्त भयो तर हाम्रा आवश्यकताहरु जहाँका तेही छन् । शासन व्यवस्था धेरै परिवर्तन भए कागजमा तर व्यवहारमा आउँदा त्यस्तो देखिएको छैन । त्यसकारण गणतन्त्र ल्याउन नेपाली आमाका छोराछोरीहरुले त्याग तपस्या र बलिदान गरेका छन् । आज ती बलीदान गर्ने घर परिवार भित्रको अवस्था हेर्दा निकै दर्दनाक अवस्था छ । त्यो दिशामा गणतन्त्रबादी वर्तमान सरकारको पूर्ण ध्यान जान सकेको छैन । त्यसकारण यो दिशामा पनि ध्यान दिनुपर्छ र व्यवहारमा अनुभुति हुने काम गरेमा मात्र गणतन्त्रको वास्तविक रुपमा आवास नेपाली जनताले गर्ने छन् । तर मलाई जननेता स्वः कमरेड मदनकुमार भण्डारी जी ले भनेको एउटा विषय अगाडि आयो त्यो हो एउटा राजा फालेर कैयौ राजा जन्मछन् भन्ने राजा जानुले र नजानुले खासै अर्थ राख्दैन । राजालाई त्यतिवेला भन्ने गरिएको थियो तलब भत्ता लगायत राजाको खर्च धेरै आउने भयो चर भण्डारी भन्ने गर्दथे सामान्य राष्टलाई १५/२० हजारमात्र तलब दिए पनि राज्यको ढुकुटी बच्छ ।

तर आज राष्टपति यहाँकै श्रीमती हुनुहुन्छ भण्डारी बाट हेर्दा राजा महाराजाहरुको भन्दा कुनै पनि सुविधामा कमी छैन । आज विद्यादे्बी भण्डारीका सन्देश र दर्शन माथि प्रहार गरिएको छ । राष्टपति माथि बेला बेलामा उठ्ने यस प्रकारका प्रश्नबाट स्वयम राष्टपति सच्चिन जरुरी छ ।- (लेखक पुर्व जनसेनाका सेक्सन कमान्डर हुन् )